नेपाली गीत गजलai music12 suno.com Nepali ghazal song.
Автор: Amoorta Chintan15
Загружено: 2025-12-30
Просмотров: 123
Описание:
नेपाली गीत गजलai music12 suno.com Nepali ghazal song.
नेपाली गीत गजल
लापत्ता भयौ माया हो यहि समुद्री पुल तरेपछि,
सधैंलाई माया मारे झैं भयो तिमी अन्तै सरेपछि,
लापत्ता भयौ माया हो यहि समुद्री पुल तरेपछि।
महासागर ती सडक त्यसै त्यसै उदास लाग्छन्,
पलाउँछ होला र रहर तिम्रो भित्री मन मरेपछि,
लापत्ता भयौ माया हो यहि समुद्री पुल तरेपछि।
थियौं हामी एकै निश्वास र धड्कनले बाँचे जस्तै,
तर कसको के लाग्यो र तिमीले बेइमान गरेपछि,
लापत्ता भयौ माया हो यहि समुद्री पुल तरेपछि।
भौँतारिन्छ मेरो मन तिमीलाई भेट्ने आतुरमा,
भेट्ने मन भाँचियो बाँकी आशा भुइँमा झरेपछि,
लापत्ता भयौ माया हो यहि समुद्री पुल तरेपछि।
सप्रनु बिग्रनु आफ्नै कुरा नहिंड्नु विक्षिप्त बनी,
हेर्दैनन् कतिले पछाडि फेरि फर्केर स्वार्थ टरेपछि,
लापत्ता भयौ माया हो यहि समुद्री पुल तरेपछि।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: