Nepali_gajal_Song_ai_music15_herda herdai feriyo mausam
Автор: Amoorta Chintan15
Загружено: 2026-01-26
Просмотров: 852
Описание:
Nepali_gajal_Song_ai_music15_herda herdai feriyo mausam
हेर्दाहेर्दै फेरियो मौसम आउलाकि आकाश खुल्ने दिन,
रेगिस्तान जस्तो छातीमा नआउलाकी फूल फुल्ने दिन,
हेर्दाहेर्दै फेरियो मौसम आउलाकि आकाश खुल्ने दिन।
तिम्रो मायाको सागरमा डुब्नुले प्राण हाले झैं भएको म,
फेरि न्यानो मायाको झोलुङ्गोमा आउलाकि झुल्ने दिन,
हेर्दाहेर्दै फेरियो मौसम आउलाकि आकाश खुल्ने दिन।
एकैछिन हरायौ भनेपनि दुखित भै पर्खाइमा बस्ने म,
आउनेछकि तिमी घाम म तिम्रो छाया बनी डुल्ने दिन,
हेर्दाहेर्दै फेरियो मौसम आउलाकि आकाश खुल्ने दिन।
सप्तरंगी इन्द्रेणीपनि लजाओस् हाम्रो यौवनको रंगले,
खोइ कस्तो होला हाम्रो माया मधुरलालीमा घुल्ने दिन,
हेर्दाहेर्दै फेरियो मौसम आउलाकि आकाश खुल्ने दिन।
हुन त मौसम नै बदलिइसक्यो रंग अन्तै सरेछकि कसो,
सकिएन कसैगरि तर आउलाकि तिमीलाई भूल्ने दिन,
हेर्दाहेर्दै फेरियो मौसम आउलाकि आकाश खुल्ने दिन।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: