लालीगुराँस, फुल फुलेर प्रकृति सजियोयसको रंगले जताततै डाँडापाखा नै सजियो
Автор: sunil koirala
Загружено: 2026-02-08
Просмотров: 154
Описание:
लालीगुराँस, फुल फुलेर प्रकृति सजियो
यसको रंगले जताततै डाँडापाखा नै सजियो
हावासँगै लहरिदै, झुमेका फूलहरू आँखामा समेटियो
लालीगुराँस, फुल फुलेर प्रकृति सजियो
यसको रंगले जताततै डाँडापाखा नै सजियो
मुसुक्क हाँसेको हिमाल, छुन मन छ
नीलो आकाशमा सेतो बादल, छुन मन छ
चिरबिराउँदै गरेका चराहरूको संगीत बुझ्न मन चाहन्छ
सुसाउँदै खोला बग्छ, त्यसमै बग्न मन छ
संसारलाई बिर्सिए मैले, बसी यही रमाउन मन छ
फुलको सुवास हावासँग घुलेका
चारैतिर मिठो सुगन्ध फैलाएका
यहीँ कतै हराएँ म, आफूलाई नै भुलेछु
स्वर्गभन्दा प्यारो लाग्छ, यहीँ नै रमाउँछु
डाँडामुनि सूर्य पनि, लुक्नलाई खोज्दैछ
पहेँलो त्यो ओढ्नी ओढ्याउँदै, धर्तीलाई नै रङ्ग्याउँदैछ
बिदा मागे आजको दिनले, भोलिको आशा जगाउँदैछ
शीतल शीतल हावा चल्छ, मनै लोभ्याएछ
प्रकृतिको काखैमा बस्न, दिन आज मेरो जुरेछ
यहीँ कतै हराएँ म, आफूलाई नै भुलेछु
स्वर्गभन्दा प्यारो लाग्छ, यहीँ नै रमाउँछु
आफूलाई नै भुलेछु...
यहीँ नै रमाउँछु...
(गीतकार
सुनिल कुमार कोइराला)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: