रंगीविरंगी उज्यालो संसारमा, छायाँ देखिन्न यो भीडमारोदन राखी मनमा, हल्का हाँसो राखेँ ओठमा।
Автор: sunil koirala
Загружено: 2026-02-03
Просмотров: 126
Описание:
रंगीविरंगी उज्यालो संसारमा, छायाँ देखिन्न यो भीडमा
रोदन राखी मनमा, हल्का हाँसो राखेँ ओठमा।
घाउ बनी व्यथा बल्झियो, मुटुको गहिरो कुनामा
पागल म एक प्रेमी, आफूलाई हराउँदैछु यो शून्यमा।
ल सुन! ओठमा झुठो मुस्कान लिँदै, गहिरो व्यथा सुनाउँछु
अभागी प्रेमीको यो, विवश कथा सुनाउँछु।
थिएँ म उनको प्रेमी, मेरी प्रेमिका थिइन् उनी—
जिन्दगी हौ तिमी भनी, म उनीमै हराएँ।
स्वार्थी रहेछौ तिमी, कसमहरू सबै तोडिदियौ
मेरो मुटुमा छुरा रोपी, तिमी अर्कैतिर मोडियौ।
मलाई रोगी बनाई, तिमी अर्कैको काखमा सजियौ
जिउँदो लास बनाई मलाई, नाता सबै तोडिदियौ।
सधैं हार्ने म नै भएँ, यहाँ सधैं तिम्रै जीत भो
सास फेर्न भारी भो, तिम्रो हरेक बाचा 'गोली' भो।
बीच बाटोमै एक्लो बनाई, धोका दिई छोडिदियौ,
मेरो हाँसो खोसेर, आँसुसँग साइनो जोडिदियौ।
तिमी भने पराईसँग, नयाँ नाता जोड्न गयौ।
सँगै देखेको हाम्रो सपना, खरानी भई आकाशमा उड्यो
तिम्रो निष्ठुरीपनाले, मेरो खुशीको महल नै ढल्यो।
रोगी बनाई मलाई, तिमी अर्काको आलिङ्गनमा बाँधियौ
म अँध्यारोमा छटपटाउँदा, अर्कैको सिन्दुर सिउँदोमा सजायौ।
तिम्रो प्रेम झुठो थियो, चिन्न नसक्नु महाभूल भयो
तिमीसँगको नाताले, मेरो जीवन नै बर्बाद भो।
बोझिलो जिन्दगी यो, आज ज्यादै भार भो...
ज्यादै भार भो... ज्यादै भार भो...
अल्मलिँदै... हराउने... म त सधैंलाई हराउने भएँ
तिमीसँगको कथा, आजबाट समाप्त भो।
कथा छ गहिरो... हो
गहिरो... जीवन त्यसै खेर गो।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: