म हारें... || Ma Hare... || Yogi Purnananda || Jeevan Darshan
Автор: Jeevan Darshan
Загружено: 2026-02-09
Просмотров: 281
Описание:
Title: Ma Hare...
Lyrics: Yogi Purnananda
Vocals & Music: AI (Guided by Yogi Purnananda)
Editor: Pradip Shrestha
म हारें...म हारें...आफ्नै जीवनसीत हारें
किन शत्रु ठान्छस् दैव किन खेदो गर्छस् मलाई -२
पाइला पाइला ठेस लगाई बाँच्ने आशा सबै जलाई
म हारें...म हारें...आफ्नै जीवनसीत हारें
पलपलमा भोगिराथें जीवनका चरम सुख -२
अकस्मात यो जीवनमा देख्छु म त दुखै दु:ख
यस्तो दशा दिनु थियो किन लुटिस् स्वाद चखाई
किन शत्रु ठान्छस् दैव किन खेदो गर्छस् मलाई
श्रीमतीले छाडी गइन् बाबा आमा टाढा भए -२
इष्ट मित्र दाजुभाइ झनै पर पर गए
के गर्यो र सम्पत्तिले वेदनाको जहर पिलाई
किन शत्रु ठान्छस् दैव किन खेदो गर्छस् मलाई
मर्ने मलाई मनै छैन बाँच्ने कतै आशै भैन -२
जीवनमा किन मैले दैव तेरो माया पाइन ?
फेरि दिन्छस् उमेर छँदै रोगै रोग्को भारी मलाई
किन शत्रु ठान्छस् दैव किन खेदो गर्छस् मलाई
शरणमा लेउ प्रभु सबै द्वार बन्द भए -२
पाउनु अब केही छैन भएकाले दु:ख दिए
दु:खबाट मुक्ति देउ अमृत रूपी ज्ञान पिलाई
कृपा गरिस् दैव तैंले पाइलै बिच्छे ठेस लगाई
मैले पाएँ...मैले पाएँ...गुरुबाट नयाँ जीवन पाएँ
मैले पाएँ...मैले पाएँ...गुरुबाट नयाँ जीवन पाएँ
गुरुबाट...................नयाँ जीवन पाएँ
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: