दिनमा बादलको खाँबो बनी - Dinama Badalko Khabo - Nepali Christian Worship Song | Evergreen Bhajan
Автор: Sanrai
Загружено: 2026-01-14
Просмотров: 13806
Описание:
दिनमा बादलको खाँबो बनी - Dinama Badalko Khabo - Nepali Christian Worship Song | Evergreen Bhajan
Lyrics:
दिनमा बादलको खाँबो बनी
रातमा आगोको ज्वाला बनी
रक्षा गर्यौ हामीलाई
प्रभुजी सुख-शान्तिमा बिते दिन
प्रभुजी सुख-शान्तिमा बिते दिन
धन्य धन्य धन्य प्रभुलाई
जो दिनुभयो हामीलाई
छत्रछायामा लुकाई
प्रभुजी दिन-रात हर समयमा
प्रभुजी दिन-रात हर समयमा
वचनको मन्न दिनुभयो
चट्टान फुटाई पानी दियौ
आत्मामा भई हामीलाई
प्रभुजी तिम्रो बाटोमा डोर्यायौ
प्रभुजी तिम्रो बाटोमा डोर्यायौ
धन्य धन्य धन्य प्रभुलाई
जो दिनुभयो हामीलाई
छत्राछायामा लुकाई
प्रभुजी दिन-रात हर समयमा
प्रभुजी दिन-रात हर समयमा
यो नयाँ सुन्दर सालमा पनि
प्राण आत्मा शरीर हृदय पनि
रक्षा गरिदिनुहोस्
प्रभुजी गरिदेऊ आत्मिक उन्नति
प्रभुजी गरिदेऊ आत्मिक उन्नति
धन्य धन्य धन्य प्रभुलाई
जो दिनुभयो हामीलाई
छत्राछायामा लुकाई
प्रभुजी दिन-रात हर समयमा
प्रभुजी दिन-रात हर समयमा
स्वर्ग देशमा पुग्न पाऊँ
अनन्त भजन सुनाउन पाऊँ
सधैँ शरण परेर
प्रभुजी साष्टाङ्ग प्रणाम् गर्न पाऊँ
प्रभुजी साष्टाङ्ग प्रणाम् गर्न पाऊँ
धन्य धन्य धन्य प्रभुलाई
जो दिनुभयो हामीलाई
छत्राछायामा लुकाई
प्रभुजी दिन-रात हर समयमा
प्रभुजी दिन-रात हर समयमा
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: