उज्यालो नेपालको घोषणापत्रमा के के छन् ? ll Kulman Ghising ll
Автор: Rabi Balen & Kulman
Загружено: 2026-02-16
Просмотров: 213
Описание:
उज्यालो नेपाल पार्टीको घोषणा
गफ होइन काम, भाषण होइन परिणाम
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । घिसिङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा उर्जा क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
पार्टीले शासकीय सुधारअन्तर्गत प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेको छ । जुन हालसम्मकै नौलो एजेण्डा हो । त्यस्तै, राज्यको खर्च कटौती गर्न सङ्घीय सांसदको सङ्ख्या २ सय ७५ बाट घटाएर २ सय १ मा झार्ने उल्लेख छ ।
सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत हरेक घरपरिवारलाई जलविद्युत् आयोजनाको कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमै उपलब्ध गराउने बाचा गरिएको छ ।
#kulmanghising #ujyalonepalparty #kulman
#ujyalonepal_ghosanapatra #electionnepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: