उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक
Автор: Aajakakura TV
Загружено: 2026-02-15
Просмотров: 54
Описание:
• उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक
उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक
उज्यालो नेपाल पार्टी ले संघीय संसद र प्रदेशसभाका सदस्य संख्या घटाउने प्रस्तावसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङ ले सार्वजनिक सेवा समयमै पाउने व्यवस्था, भ्रष्टाचारविरुद्ध कडा कदम र जनउत्तरदायी शासनको प्रतिबद्धता जनाउनुभयो।
घोषणापत्रमा प्रतिनिधिसभा र प्रदेशसभाको संख्या कटौती, मन्त्रालय संख्या सीमित गर्ने, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने र संविधान संशोधनको प्रस्ताव उल्लेख छ।
मतदातालाई नजिकको केन्द्रबाट मतदान गर्न पाउने, ‘कुनै पनि होइन’ विकल्प दिने र भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने योजना पनि पार्टीले अघि सारेको छ।
स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिँदै आगामी वर्षहरूमा सडक विस्तार, ऊर्जा उत्पादन वृद्धि र जलविद्युत निर्यात बढाउने लक्ष्य समेत लिइएको पार्टीले जनाएको छ।
#ElectionCommission #NepalElection2082 #ElectionCodeOfConduct #Mission2082 #RamPrasadBhandari #NepalPolitics #BreakingNewsNepal #VoteNepal #VoterEducation #KathmanduUpdate
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: