झोला कहाँ होला - Jhola Kahan Hola | गीतकारः रामबाबु सुवेदी | संगीतकारः मिलन तिमल्सिना | बालगीत
Автор: Rambabu Subedi
Загружено: 2021-12-19
Просмотров: 1020045
Описание:
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। झोला कहाँ होला - Jhola Kahan Hola गीतकार रामबाबु सुवेदीको उत्कृष्ट बालगीत मध्ये एक हो।
गीतः
झोला कहाँ होला - Jhola Kahan Hola
गीतकारः
रामबाबु सुवेदी
संगीतकारः
मिलन तिमल्सिना
एनिमेसन प्रायोजनः
डिल्लीराज पौडेल
गायनः
मेलिना राई
सबटाईटलः
सुहानी थापा
स्कृप्टः
स्वीकृति थापा
एनिमेसन निर्देशनः
करुण थापा
एनिमेसनः
सिल्भरगेट सफ्टवेयर प्रा. लि.
------------------------------------------------------------------------------------------------------
संगीतकारको परिचयः
------------------------------------------------------------------------------------------------------
------------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचयः
------------------------------------------------------------------------------------------------------
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
------------------------------------------------------------------------------------------------------
एनिमेसन प्रायोजकको परिचयः
------------------------------------------------------------------------------------------------------
डिल्लीराज पौडेल सन् १९८० को दशकमा बाग्लुङमा जन्मेका हुन् । उनले सन् १९९४ देखि २००३ सम्म बूढानीलकण्ठ स्कूलमा अध्ययन गरे । स्कूलमा हुँदा उनी नेपाली साहित्यमा विशेष रुचि राख्दथे । रामबाबु सुवेदी सरको प्रेरणामा उनले १९९९ को वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार पनि पाएका थिए । विश्वविद्यालयमा पढ्दा भने उनी कम्प्युटर र प्रविधितर्फ आकर्षित भए । अहिले नेदरल्याण्ड्स्को वागेनिगन विश्वविद्यालयमा कृषि र प्रविधिसम्बन्धी विषयमा विद्यावारिधि गर्दै छन् ।
_________________________________________________________________
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७८
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#झोला_कहाँ_होला #Jhola_Kahan_Hola
#रामबाबु_सुवेदी #Rambabu_Subedi
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: