ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

Aitabar Bihanai - Saata Baar Saatai Din | Balgeet | Lyrics: Rambabu Subedi | Music: Ramesh Shrestha

Автор: Rambabu Subedi

Загружено: 2021-12-07

Просмотров: 52301155

Описание: A very popular Nepali Rhyme (Balgeet) - Aitabar Bihanai/Saat Baar Saatai Din

रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। "आईतबार बिहानै" करीब ३० वर्ष अघि रेकर्ड भएको बालगीत हो । त्यतिबेलाको प्रविधिमा रेकर्ड भए पनि यो बालगीतले एकदमै चर्चा पाएकोछ। यूट्यूबमा एकदमै चर्चित यो गीत धेरैले गीतकार तथा संगीतकारको अनाधिकृत रुपमा विभिन्न च्यानलहरुमा राखिएको पाईएकोछ। यो गीतको ‍अधिकृत च्यानल यही मात्र हो।

तिनै गीतमध्ये "आईतबार बिहानै घामसँग उठें म" गीतकार रामबाबु सुवेदीको सबैभन्दा चर्चित गीत मध्ये एक हो । Nepal Nursery Rhymes अर्थात् बालगीतमा यो गीत अन्य च्यानलबाट अनाधिकृत रूपमा अपलोड भईरहेको हुँदा यो च्यानलको गीत मात्र अधिकृत हो भन्न चाहन्छौं। सात बार सातै दिन - Saata Baar Saatai Din | गीतकारः रामबाबु सुवेदी | संगीतकारः रामेश श्रेष्ठ | बालगीत | Nepali Nursery Rhyme

गीतः
सात बार सातै दिन - Saata Baar Saatai Din - आईतबार बिहानै - Aitabar Bihanai

गीतकारः
रामबाबु सुवेदी

संगीतकारः
रामेश श्रेष्ठ

गायनः
स्वर्णिम स्कूलका विद्यार्थीहरु

एनिमेसन प्रायोजनः
बुढानीलकण्ठ स्कुलका ७००A ब्याचका विद्यार्थीहरु

सबटाईटलः
सुहानी थापा

स्कृप्ट तथा निर्देशनः
करुण थापा

एनिमेसन/पोष्ट प्रोडक्सनः
सिल्भरगेट सफ्टवेयर प्रा. लि.
Silvergate Software Pvt. Ltd.
------------------------------------------------------------------------------------------------------
संगीतकार रामेश श्रेष्ठको परिचयः
------------------------------------------------------------------------------------------------------
रामेश (वास्तविक नाम रामेश्वर श्रेष्ठ) नेपाली संगीतकार तथा गायक हुनुहुन्छ। रामेशको जन्म आमा शिवलक्ष्मी श्रेष्ठ र बाबु कर्णबहादुर श्रेष्ठको कोखमा विक्रम सम्वत २००१ साल असार ८ गते पाल्पाको तानसेनमा भएको थियो। वहाँका पिता माल अड्डाका हाकिम भएका कारण बाबुसँगै वहाँ देशका विभिन्न ठाउँमा पुग्नभएको थियो।

विक्रम सम्वत २०१९ सालमा रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिई संगीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो । वहाँले केही समय रेडियो नेपालको जागिर पनि खानुभयो । पछि ओखलढुंगा र खोटाङका विद्यालयमा पढाउनुभएको थियो।

२०४२ सालमा पहिलो बालगीतको एल्बम निकाल्नुभएका रामेशले रामबाबु सुवेदीसँग धेरै बालगीतहरुमा संगीतकारको रुपमा सहकार्य गर्दै आउनुभएकोछ। जमुनीको छोरो वहाँहरुको सर्वाधिक चर्चित र लोकप्रिय बालगीत मानिन्छ।
------------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचयः
------------------------------------------------------------------------------------------------------
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।

हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।

कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।

साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।

उनले नेपालका सतहत्तरै जिल्लाको भ्रमण गरेका छन् । साथै उनले भारत, चीन, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्विटजरल्याण्ड, अस्ट्रिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड आदि देशको अध्ययन भ्रमण पनि गरेका छन् ।

कवि रामबाबु सुवेदीका रुचिका विषय खासमा तीनोटा छन्। लेखन, भ्रमण र सेवा । सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
_________________________________________________________________
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७८

यस च्यानलमा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिनेछ ।

#सात_बार_सातै_दिन #Saat_Bar_Satai_Din
#रामबाबु_सुवेदी #Rambabu_Subedi #रामेश_श्रेष्ठ #Raamesh_Shrestha

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Aitabar Bihanai - Saata Baar Saatai Din | Balgeet | Lyrics: Rambabu Subedi | Music: Ramesh Shrestha

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Nani and Babu Nepali Baby Songs Collection | नेपाली बालगीत

Nani and Babu Nepali Baby Songs Collection | नेपाली बालगीत

나스티아와아빠, 해로운 사탕과 과자에 대한 아이들을위한 이야기

나스티아와아빠, 해로운 사탕과 과자에 대한 아이들을위한 이야기

Tom et Jerry en Français | Jerry le farceur | WB Kids

Tom et Jerry en Français | Jerry le farceur | WB Kids

Pani Muni Machha Official Kids' Song पानी मुनि माछा • Popular Nepali बाल गीत Nursery Children Rhymes

Pani Muni Machha Official Kids' Song पानी मुनि माछा • Popular Nepali बाल गीत Nursery Children Rhymes

Tara Baaji Lai Lai II तारा बाजी लै लै II Hemanta Shishir II Children Song II Nepali Baal Geet II

Tara Baaji Lai Lai II तारा बाजी लै लै II Hemanta Shishir II Children Song II Nepali Baal Geet II

Barnamala Rhymes & Class  |  | नेपाली वर्णमाला कक्षा र गाना

Barnamala Rhymes & Class | | नेपाली वर्णमाला कक्षा र गाना

बगैँचाकी चरी Garden Bird, Children Song, Rambabu Subedi, Tekendra Nepali, Amu Sewa, Acharya Gopal

बगैँचाकी चरी Garden Bird, Children Song, Rambabu Subedi, Tekendra Nepali, Amu Sewa, Acharya Gopal

Aaitabar Manai Pardaina I आइतबार मनै पर्दैन | Days of the Week | Laxmi Prasad Bhetwal I Kids' Song

Aaitabar Manai Pardaina I आइतबार मनै पर्दैन | Days of the Week | Laxmi Prasad Bhetwal I Kids' Song

Leka Ka Hami Keta Keti With English Subtitle

Leka Ka Hami Keta Keti With English Subtitle

कमिला अनि फट्याड़ग्रो कथा Ant & Grasshopper - Story In Nepali | Nepali Fairy Tales | Nepali Cartoons

कमिला अनि फट्याड़ग्रो कथा Ant & Grasshopper - Story In Nepali | Nepali Fairy Tales | Nepali Cartoons

Non stop- Ka Kha, Ek Dui Teen & A Aa Nepali Rhymes  //  क ख ग घ,  १ २ ३, र अ आ इ ई  को बालगीत संग्रह

Non stop- Ka Kha, Ek Dui Teen & A Aa Nepali Rhymes // क ख ग घ, १ २ ३, र अ आ इ ई को बालगीत संग्रह

Tarabaji Lai Lai (ताराबाजी लै लै )- Nepali  Rhymes Collection)

Tarabaji Lai Lai (ताराबाजी लै लै )- Nepali Rhymes Collection)

ताली बजाउ Tali Bajao | Nepali Baby Songs Collection | नेपाली बालगीत Collection Playlist

ताली बजाउ Tali Bajao | Nepali Baby Songs Collection | नेपाली बालगीत Collection Playlist

भ्यागुतो राजकुमार  | Frog Prince in Nepali | Nepali Story | Nepali Fairy Tales | Wings Music Nepal

भ्यागुतो राजकुमार | Frog Prince in Nepali | Nepali Story | Nepali Fairy Tales | Wings Music Nepal

जुत्ता सिउने साइँला दाइ - Jutta Siune Sainla Dai | Children Song | Rambabu Subedi | Subin Century

जुत्ता सिउने साइँला दाइ - Jutta Siune Sainla Dai | Children Song | Rambabu Subedi | Subin Century

Ka Kha Ga Gha | Nepali Alphabet Song | क ख ग घ बाल गीत – नेपाली वर्णमाला

Ka Kha Ga Gha | Nepali Alphabet Song | क ख ग घ बाल गीत – नेपाली वर्णमाला

Inter School Cycle Race | Shiva Ep 5 | Shiva Action Story | New Animated Story | Boonie Bears Hindi

Inter School Cycle Race | Shiva Ep 5 | Shiva Action Story | New Animated Story | Boonie Bears Hindi

Nepali 12 Mahina • Official Kids' Song • New Animated Video • Rhymes for Junior School Children

Nepali 12 Mahina • Official Kids' Song • New Animated Video • Rhymes for Junior School Children

Wheels on the Bus | @CoComelon Nursery Rhymes & Kids Songs

Wheels on the Bus | @CoComelon Nursery Rhymes & Kids Songs

Ka Kha Ga Gha | A Aa E Ee | Ek Dui Teen | Learn Nepali Collection Songs

Ka Kha Ga Gha | A Aa E Ee | Ek Dui Teen | Learn Nepali Collection Songs

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]