Nepali Christian Movie | गहिरो छाप | A Christian's Testimony of Faith
Автор: सर्वशक्तिमान् परमेश्वरको मण्डली
Загружено: 2022-01-21
Просмотров: 69654
Описание:
Nepali Christian Movie | गहिरो छाप | A Christian's Testimony of Faith
ली चेन्जीले सानैदेखि आफ्ना बुबाआमासँग भेलामा जाने र बाइबल पढ्ने गरेकी हुन्छिन्। भर्खर १३ वर्षकी हुँदा १९८८ तिनलाई सङ्गति गरिरहेको बेला पक्राउ गरियो, त्यसपछि तिनलाई सानो, अँध्यारो कोठामा एक दिन र दुई रात राखियो। त्यसपछि, चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई सताउन कहिल्यै छोड्दैन। तिनलाई १७ वर्षको हुँदा मण्डलीका अरू दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वरका वचनका पुस्तकहरू पठाएको निहुँमा प्रहरीले फेरि पक्राउ गर्यो। तिनलाई पुस्तकहरूको स्रोत प्रकट गर्न लगाउने प्रयासको क्रममा, प्रहरीले उनको बुबालाई उनकै अघि मरणासन्न हुने गरी कुटपिट गर्छन्, र उनलाई “राजनीतिक कैदी” भन्ने नाम दिएर सडकहरूमा घुमाउँछन्। १९९६ मा, प्रहरी फेरि ली चेन्जीलाई पक्राउ गर्न आउँछ। आफ्नो गृहनगर छोडेर भगुवाको जीवन सुरु गर्नेबाहेक उनीसँग कुनै विकल्प हुँदैन। चिनियाँ कम्युनिस्ट पार्टीका प्रहरीको निरन्तरको उत्पीडन र संत्रासले उनको सम्पूर्ण परिवारलाई अटुट आतङ्कको अवस्थामा पार्छ। दीर्घकालीन तनाव र डर सहन नसकेर, उनकी आमाको मानसिक अवस्था बिग्रन्छ, र पहिले नै स्वास्थ्य समस्याहरू झेलिरहेका उनको बुबालाई प्रहरीको क्रूर कुटपिटले गर्दा उनको अवस्था झन्-झन् बिग्रिन्छ। यसरी कुनै बेलाको एउटा सुखी परिवार तहसनहस हुन्छ। भाग्ने क्रममा, ली चेन्जी सारा देशभरि सुसमाचार प्रचार गर्ने कार्यमा अरू दाजुभाइ-दिदीबहिनीहरूसँग सहभागी हुन्छिन्। बारम्बार दमन सहँदै र पक्राउ पर्दै तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको संत्रास सहन्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई पक्राउ गरेर निर्दयी तरिकाले यातना दिइन्छ। कतिलाई कुटपिट गरेर मारिन्छ, र अरूलाई १० वर्षभन्दा बढीको जेल सजाय दिइन्छ। २०१२ को अन्त्यतिर, प्रचार गरिरहेको बेला ली चेन्जीलाई फेरि पक्राउ गरिन्छ र चार महिनाको लामो समयसम्म केरकार, जबरजस्ती गल्ती कबुल गराउने र मत बदल्न लगाउने प्रयास गरिन्छ।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: