WHAT IF YAMMA BUDDHA AAMA WAS FEMALE VOICE
Автор: IHH CRAZY
Загружено: 2026-03-03
Просмотров: 907
Описание:
WHAT IF YAMMA BUDDHA AAMA WAS FEMALE VOICE
INSTAGRAM https://www.instagram https://www.instagram
Lyrics Below 👇
SUBSCRIBE 👉 / @allinoneoffical1
/ @ihhcrazy
/ @emoworld12
Original Song 👉 • AAMAA - YAMA BUDDHA ft. MISTAH K (NEPSYDAZ)
Lyrics
कसरी व्यक्त गरौँ म यी मेरा भावना?
सधैँ खुसी राख्न सकूँ तिमीलाई, मेरी आमा
जुनी-जुनी रहोस् मेरो साथमा तिम्रो छाया
तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया
दैवले सधैँ खुसी थमाइदिउन् तिम्रो हातमा
सुस्ताउन पाऊँ सधैँभरि तिम्रो काखमा
झरनाको पानीभन्दा निश्चल तिम्रो ममता
हिमालझैँ विशाल तिम्रो सङ्घर्षक्षमता
अतीतका सबै अप्ठ्यारा क्षण एक्लै रुँदै सह्यौ तिम्ले
तर पुछिदिन्थ्यौ मेरा सबै आँसु पछ्यौरीले
ससाना आवश्यकता पूरा गर्न पछि हटेनौ
हाम्रो भविष्यलाई लड्यौ, आफ्नै ख्याल गरेनौ
महसुस हुँदै छ मेरा सबै भूलहरू आज
पश्चाताप गर्दै छु म बिहानसाँझ
कति जानी-नजानी मैले पीडा दिएँ होला
माफ गरिदेऊ, आमा, म तिम्रो बदमास छोरा
तिम्रो मुहारमा सधैँ हाँसो होओस्
तिम्रो सदैवको आयु होओस्
तिमीभन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी, तिमी नै मेरो दैव हो
तिम्रो मुहारमा सधैँ हाँसो होओस्
तिम्रो सदैवको आयु होओस्
तिमीभन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी, तिमी नै मेरो दैव हो
सूर्यको ताप छेकिदिन्छ, आमा, तिम्रो छायाले
सर्वश्रेष्ठ रहनेछौ, आमा, तिमी जहिल्यै
दुःखपीडा सहेर नि मुस्कुराउँछ्यौ मायाले
मातृप्रेमभन्दा ठूलो अरू हुनेछैन केही
म सक्दिन, आमा, तिमीलाई कोहीसँग नि दाँज्न
पवित्र यो बन्धनलाई कोसले सक्छ र नाघ्न?
त्यो कस्तो मानिस जसले सक्छ आफ्नो आमा त्याग्न?
अरूको कुरा सुनेर जो खोज्दछ भाग्न?
गर्न गाह्रो छ वर्णन तिम्रो सहनसिलता
रोकिएला खोला, रोक्नेछैन तिम्रो ममता
केही नबोले नि तिमी बुझ्छ्यौ मेरो मौनता
मेरी आमा, तिमी नै हो मेरो देवीदेवता
जब म रुन्थेँ पीडाले आधीरातमा
स्वर्गको अनुभूति पाउँथेँ तिम्रो काखमा
भाग्यमानी भएछु म तिम्लाई पाई साथमा
तिमीले सिकायौ, आमा, कलमकापी च्याप्न
तिम्रो मुहारमा सधैँ हाँसो होओस्
तिम्रो सदैवको आयु होओस्
तिमीभन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी, तिमी नै मेरो दैव हो
तिम्रो मुहारमा सधैँ हाँसो होओस्
तिम्रो सदैवको आयु होओस्
तिमीभन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी, तिमी नै मेरो दैव हो
मैले आजसम्म कति रुवाएँ होला
जति बिश्वास गर्दा पनि दिएँ सधैँ धोका
अचम्म लाग्छ तैपनि देख्दा मायाको खोला
विशाल मुटु छ तिम्रो, त्यसैले होला
"मेरो प्यारो छोरा, " भन्दै अँगालोमा बाँध्छौ
मेरा निम्ति मर्छौ, तिमी मेरै लागि बाँच्यौ
मेरा निम्ति रोयौ अनि मेरै लागि हाँस्छौ
तर जति गर्दा पनि दु:ख मात्रै पायौ
तर आमा, अब म ठूलो हुँदै छु
तिम्रा हरेक त्यागको कारण, कुरो बुझ्दै छु
एक्लै बितेका पलहरू सम्झिँदै रुँदै छु
कुकुर थिएँ म, बल्ल मान्छे हुन सिक्दै छु
सधैँ साथ दिनेछु अब आउने दिनमा
टाढा भगाइदिनेछु सबै भय र चिन्ता
सेवा गर्न चाहन्छु म तिम्रो सधैँभरि यसै गरी
माया मात्रै पाइराखूँ मनैभरि
तिम्रो मुहारमा सधैँ हाँसो होओस्
तिम्रो सदैवको आयु होओस्
तिमीभन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी, तिमी नै मेरो दैव हो
तिम्रो मुहारमा सधैँ हाँसो होओस्
तिम्रो सदैवको आयु होओस्
तिमीभन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी, तिमी नै मेरो दैव हो
#yammabuddha #aama #femalevoice #trending #viral #nepalirap #song #nephop #nepalihiphop #rip #yammabuddha
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: