के ख्रीष्टियानहरूले RIP लेख्नु बाइबलीय नै हो? || Is it Biblical to Write RIP? || - Ganesh Tamang
Автор: Ganesh Tamang
Загружено: 2021-08-24
Просмотров: 2356
Описание:
सामाजिक सञ्जालमा हामीले हम्मेसी लेख्ने गरेका छौँ, "आत्माले शान्ति पाओस्', स्वर्गमा वास मिलोस्!'' कतिले चाहिँ अङ्ग्रेजीमा Rest In Peace (RIP) लेख्दछन्। यो एक किसिमको कामनासहितको प्रार्थना हो, जुन सहानुभूति जनाउनको लागि व्यक्त गरिन्छ, तर के यो बाइबलीय हो?
प्राचीन ख्रीष्टियानहरूले 'ऊ शान्तिमा सुत्छ' भन्ने वाक्यांश चिहानका सुरुङभित्र खोपेको भेटिन्छ। यसले येशूसँग एक भएको अर्थ दिँदथ्यो। सङ्गति र प्रार्थनामा क्याथोलिक, लुथरन, एङ्लीकन र मेथोडिस्टजस्ता ख्रीष्टियान समुदायहरूले अठारौँ शताब्दीदेखि चिहानको शिलालेखहरूमा RIP शब्द लेख्ने गरेको पाइन्छ। ल्याटिन requiescat in pace (रिकिइस्क्याट इन पाचे) बाट अङ्ग्रेजीमा Rest in Peace भएको हो, यसैको सङ्क्षिप्त रूप RIP हो। अठाह्रौँ शताब्दीमा आइपुग्दा यो सबैतिर लेख्न थालियो।
प्रोटेस्टेन्ट मण्डलीहरूले RIP नलेख्नको लागि चेतना जगाउने काम पनि भएको देखिन्छ। तिनीहरूको भनाइ छ कि योचाहिँ मृतकहरूको लागि गरिने प्रार्थना हो, बाइबलको सिद्धान्तसँग मेल खाँदैन। यसलाई कतिले चाहिँ यो प्रार्थना होइन भनेर तर्क पनि गरेका छन्।
सम्बन्धित लेख
के ख्रीष्टियानहरूले RIP लेख्न मिल्छ? https://biblicaladvocacy.com/?p=2105
सम्बन्धित लिंकहरू
✝️ Facebook Page: / biblicaladvocacy
✝️ Facebook: / ganesh.tamang.9
✝️ Website: https://biblicaladvocacy.com/
#ganeshtamang #गणेशतामाङ
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: