मादल घर बनाउने मान्छेहरुलाइ पनि चिनी राखौ है Madal Ghar | Netional Art Museum Sindhuli Kala Ghar
Автор: Kala Ghar Sindhuli
Загружено: 2026-03-04
Просмотров: 354
Описание:
यो देशले नयाँ नेतृत्व पाउदै गर्दा कलघरमा पनि नयाँ काम मादल घर बन्दै छ अनि बनाउदै छौँ । कलाघर सिन्धुली का परिकल्पनाकार अध्यक्ष सुमन थापामगरको परिकल्पना डिजाइनमा निर्माणाधिन मादल आकारको बाजा संग्रहालय सहितको सास्कृतिक सभाहलको परिकल्पना गर्दै गर्दा यस घरलाई साकार बनाउन एकजुट भइ लागि पर्ने कलाघर समुह र सपनालाइ विपनामा परिणत गर्न आर्थिक अनुदान कमलामाइ नगरपालिका र भरपुर रुपमा मिहेनत गर्नुहुने भाइहरुलाई विशेष धन्यवाद दिन चाहान्छौँ ।
८० फिट लम्बाइ ३२ फिट चौडाइ रही दुइ तल्ला पहिलो तल्लामा १०० भन्दा बढी मौलीक लोकबाजा र माथिल्लो तलामा २०० अट्ने क्षमताको सास्कृतिक सभाहल निर्माणको क्रममा रहेको छ ।
यहि सालको चैत्र अन्तिम सम्म निर्माण सम्पन्न गरी २०८३ सालको नयाँ बर्षमा कलाघर भित्रको मादल घर भित्र रही कलाहरु अवलोकन गर्ने वातावरण सृजना गर्नेछौँ ।
बागमती प्रदेश सरकार सस्कृत तथा पर्यटन मन्त्रालय बाट प्राप्त बजेटले २ वटा पक्की घर माथि मादल घर बन्दै गर्दा बागमती प्रदेश सरकारको पनि कलाघर निर्माण अभियानमा विशेष भुमीकाको निम्ती सम्मान र सदैब आभारी रहनैपर्छ ।
निर्माणाधिन मादल घर बन्दै गर्दा प्राविदिक रुपमा सहयोग गर्नुहुने नगरपालिकाबाट हिमाल वि.क अनि लक्ष्मण बस्नेत सर प्रति पनि आभारी छौँ । कमलामाई नगरपालिका ३ नम्बर वडा कार्यलय प्रति पनि आभारी रहदै प्रत्यक्ष अप्रत्यक्ष हामीलाइ सहयोग सद्भाव हौसल्ला प्रदान गर्नुहुने सबै सबै प्रति सम्मान छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: