TAJA BACHAN | जब नरकले तपाईंलाई हाराउन खोज्छ | FRESH DAILY DEVOTIONAL WITH BERNI D. | 14 FEB. 2026
Автор: Taja Bachan HD
Загружено: 2026-02-13
Просмотров: 32
Описание:
शीर्षकः जब नरकले तपाईंलाई हाराउन खोज्छ ।
मितिः शनिबार – ०२ फागुन २०८२ (१४ फेब्रूअवरी २०२६)
परमेश्वरको सबैभन्दा रहस्यमय कुरा मध्ये एक भनेको उहाँले हामीलाई दुख भोग्न दिनु हो । म तपाईंलाई यसबारे “किन र कसरी” भन्ने कुरा स्पष्टसँग बताउन चाहन्थेँ तर म सक्दिनँ । कसरी प्रेम गर्ने परमेश्वर र हाम्रो भयानक पीडा सँगसँगै बुझ्न सकिन्छ ? तर म भन्न सक्छु कि उहाँले आफ्नो पुत्र, येशूलाई पनि हाम्रो लागि क्रूसमा मर्नबाट जोगाउनु भएन । यस अपूर्ण र पतित संसारमा हामी बस्छौँ, र स्पष्ट छ कि प्रेममा दुःख–पीडा एक अनिवार्य अङ्ग हो ।
सन् १९६७ मा, १७ वर्षको उमेरमा, जोनी एरेकसन टाडा डाइभिङ दुर्घटनाका कारण घाँटीदेखि तल पक्षघात भइन् । धेरै वर्षसम्म उनले परमेश्वरसँग निको पारिदिन बिन्ती गरिरहिन् । उहाँले शारीरिक रुपमा निको पार्नुभएन ।
तर उनको कमजोरीकै बीचमा, केही असाधारण घटना घट्यो । जोनी वक्ता, लेखक, र अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा आवाज उठाउने अभियन्ता बनिन् । उनले मुखले चित्र बनाउँछिन् । उनी विश्वव्यापी सेवकाइको नेतृत्व गर्छिन् । र दशकौँको पीडाबीच उनले यी वचनहरूलाई जीवनमा उतारिन् ।
२ कोरिन्थी १२ः८–१० “यस कुराबारे मैले तीन पटक यो मबाट हटोस् भनेर प्रभुसँग बिन्ती गरेँ । तर उहाँले मलाई भन्नुभयो, ‘मेरो अनुग्रह तिम्रो लागि पर्याप्त छ, किनकि मेरो शक्ति कमजोरीमा सिद्ध हुन्छ ।’ त्यसैले ख्रीष्टको शक्ति ममाथि बसोस् भनेर म आफ्ना कमजोरीहरूमा झन् खुसीसाथ घमण्ड गर्नेछु ।”
यी शब्दहरू लेख्ने प्रेरित पावल र शताब्दीपछि जोनी— दुवैले आफ्नै अनुभवबाट यो सत्य पत्ता लगाए कि साँचो शक्ति न त हामीबाट आउँछ, न त हाम्रा परिस्थितिबाट, तर हामीभित्र वास गर्नुहुने ख्रीष्टबाट आउँछ ।
तपाईंको सबैभन्दा ठूलो कमजोरी, सबैभन्दा ठूलो चरित्रगत त्रुटि, सबैभन्दा ठूलो सीमा त्यही ठाउँ हो जहाँ उहाँको शक्ति प्रकट हुन्छ र चम्किन्छ । निष्कर्ष के हो भनेः ख्रीष्टमा, तपाईं आफूले सोचेकोभन्दा धेरै बलियो हुनुहुन्छ, किनकि उहाँको अनुग्रह तपाईंका लागि पर्याप्त छ ।
परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् ।
यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ ।
अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद !
Please! Like/Follow/Subscribe/Share
Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.”
YouTube Channel: TAJA BACHAN HD
Facebook: tajabachan
Facebook Page: Taja Bachan Daily Devotional
WhatsApp No: +9779804144029
Email: [email protected]
TikTok: Taja Bachan HD
Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal
“Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.”
Nanda Kumar Rai
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: