TAJA BACHAN | जोखिम नलिँदा अवसर गुमाइन्छ | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 25 FEB. 2026
Автор: Taja Bachan HD
Загружено: 2026-02-24
Просмотров: 34
Описание:
शीर्षकः जोखिम नलिँदा अवसर गुमाइन्छ
मितिः बुधबार – १३ फाल्गुन २०८२ (२५ फेब्रूअरी २०२६)
जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ, जब सही कुरा गर्न, गर्नैपर्ने काम गर्न, सबै जोखिम उठाएर खडा हुनुपर्छ । यदि तपाईं जन्मजात व्यवसायी स्वभावका हुनुहुन्छ भने जोखिम लिन सजिलो हुन सक्छ । तर अधिकांश मानिसका लागि त्यो सहज हुँदैन ।
ईसा पूर्व पाँचौँ शताब्दीमा, यहूदी भए तापनि एस्तर फारसकी रानी भइन् । उनी राजा आहासुरस्सँग विवाह बन्धनमा बाँधिएकी थिइन् । छलका कारण, सबै निर्वासित यहूदीहरू मारिनुपर्छ भन्ने राजाबाट आदेश जारी भएको थियो । एस्तरसँग आफ्ना पति राजाकहाँ गई उनको मन परिवर्तन गराउने सामथ्र्य थियो ।
तर एउटा समस्या थियो । फारसी कानुनअनुसार, रानी भए पनि, राजाले नबोलाईकन कोही पनि राजाको उपस्थितिमा जान सक्दैनथ्यो । जबसम्म राजाले आफ्नो सुनको राजदण्ड अगाडि बढाउँदैनथे तबसम्म कोहि पनि जान पाउदैनथ्यो । यदि गईहाले त्यसको सजाय मृत्यु थियो । दरबारबाहिरबाट उनका काका मोर्दकैले एस्तरलाई सन्देश पठाएः
एस्तर ४ः१३–१४ तब उनले एस्तरकहाँ यही जवाफ भनिपठाएः “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्ये तिमी मात्रै बाँच्नेछौ । यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ । तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन् । शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि ?”
एस्तरका लागि यो सत्यलाई प्रकट गर्ने क्षण थियो । उनले कसरी आफ्नो विश्वास अनुसार प्रतिक्रिया दिन गर्थिन् ?
एस्तर ४ः१५–१६ तब एस्तरले मोर्दकैकहाँ यस्तो जवाफ पठाइन्ः “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस् । तीन दिन र तीन रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस् । म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्तै उपवास बस्नेछौं । त्यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु । यदि मेरो नाश हुन्छ भने पनि होस् ।”
कहिलेकाहीँ विश्वासले हामीलाई सबै कुरा दाउमा राख्न बोलाउँछ । तर त्यसको परिणाम परमेश्वरको हातमा हुन्छ ।
परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् ।
यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ ।
अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद !
Please! Like/Follow/Subscribe/Share
Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.”
YouTube Channel: TAJA BACHAN HD
Facebook: tajabachan
Facebook Page: Taja Bachan Daily Devotional
WhatsApp No: +9779804144029
Email: [email protected]
TikTok: Taja Bachan HD
Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal
“Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.”
Nanda Kumar Rai
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: