किस्पाङ ज्योति चर्च अनलाइन संगति – १ फेब्रावरी २०२६ ||
Автор: Kispang Jyoti Church
Загружено: 2026-02-06
Просмотров: 13
Описание:
किस्पाङ ज्योति चर्च अनलाइन संगति – १ फेब्रावरी २०२६ [Discord]
जय मसीह सबैजनालाई 🙏
यो अनलाइन संगति किस्पाङ ज्योति चर्च, किस्पाङ–१, नुवाकोट द्वारा सुरु गरिएको हो । यो विशेषगरी देश बाहिर रहनुहुने विश्वासीहरूका लागि हो । विदेशमा रहँदा धेरै पटक हामीलाई संगति, प्रार्थना र बाइबल अध्ययनको समय नहुन हुन्छ । त्यसलाई केही हदसम्म परिपूर्ति गर्न यो अनलाइन संगति सुरु गरिएको हो ।
हामी हप्तामा एक पटक, एक घण्टा अनलाइनमा भेला भएर परमेश्वरको आराधना गर्छौं, एकअर्काका लागि प्रार्थना गर्छौं र उहाँको वचन सुन्छौं । आज हामी २१ औँ शताब्दीमा बाँचिरहेका छौं, जहाँ इन्टरनेट र सामाजिक सञ्जाल सबैको पहुँचमा छ । शारीरिक रूपमा टाढा भए पनि इन्टरनेटमार्फत आत्मिक रूपमा जोडिन सक्नु परमेश्वरको अनुग्रह हो । यो इन्टरनेटको आशिषलाई हामी उहाँको महिमाको लागि प्रयोग गरौं।
यी भिडियोहरू केवल ज्योति चर्चका विश्वासीहरूका लागि मात्र नभएर विदेशमा रहनुहुने हाम्रा सबै नेपाली विश्वासीहरूका लागि हुन् । हामी तपाईंहरूलाई परमेश्वरको संगतिमा डोर्याउन चाहन्छौं । यदि तपाईंहरू प्रत्यक्ष प्रसारणमा सहभागी हुन चाहनुहुन्छ भने तपाईंहरूलाई हार्दिक स्वागत गर्दछौं । हाल हामी Discord मोबाइल एप प्रयोग गरिरहेका छौं।
परमेश्वरले तपाईंहरूलाई आशीर्वाद दिनुहोस्।
धन्यवाद 🙏
#kispangjyotichurch #kispangjyotimandali #kispangjyoti #kispangjyotichurchonlinefellowship #kispang #nepalichristianbachan
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: