TAJA BACHAN | हतारमा निष्कर्ष ननिकाल्नुहोस् | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 18 JAN. 2026
Автор: Taja Bachan HD
Загружено: 2026-01-17
Просмотров: 21
Описание:
शीर्षकः हतारमा निष्कर्ष ननिकाल्नुहोस्
मितिः आइतबार – ०४ माध २०८२ (१८ जनवरी २०२६)
प्रश्नः के तपाईं सामाजिक सञ्जालमा पढिएको हरेक कुरा विश्वास गर्नुहुन्छ ? यसको उत्तरः अवश्य पनि होइन ! तर त्यसो भए किन यति धेरै मानिसहरू षड्यन्त्रकारी सिद्धान्तहरूको भुमरीमा फस्छन्, केवल त्यसैले कि उनीहरूले भेट्टाएको कुनै कुराले आफ्नै पूर्वाग्रहलाई पुष्टि गरिदिन्छ ?
कति पटक यस्तो पनि भएको छ, कसैलाई सार्वजनिक मतको अदालतमा दोषी ठहर गरियो, तर पछि जब वास्तविक तथ्यहरू बाहिर आए, तब थाहा भयो कि ऊ पूर्ण रूपमा निर्दोष थियो । सोच्नुहोस् त, हामीमध्ये कति जनाले यस्तो गरेका छौँ ?
अल्फ्रेड ड्रेफस एक यहूदी फ्रान्सेली सैनिक अधिकृत थिए । सन् १८९४ मा उनलाई देशद्रोहको झुटो आरोप लगाइयो । उनका विरुद्ध प्रस्तुत गरिएको प्रमाण अत्यन्तै कमजोर थियो, तर सेनाले, सर्वसाधारणले र सञ्चारमाध्यमहरूले हतारमा निर्णय गरे । उनीहरूले सम्पूर्ण तथ्यहरू खोज्ने प्रयास गरेनन्; जे भनियो, त्यही सहजै स्वीकार गरे ।
त्यसैबीच, वास्तविक दोषी स्वतन्त्र नै रह्यो । सत्यलाई उजागर गर्न वर्षौंको धैर्य, सावधानीपूर्वक अनुसन्धान, र साहसी आवाजहरू आवश्यक प¥यो, र अन्ततः ड्रेफस निर्दोष ठहरिए । तर त्यतिबेलासम्म फ्रान्सेली समाजमा गहिरा घाउ परिसकेका थिए ।
हितोपदेश १८ः१५, १७ “बुद्धिमान मानिसको हृदय ज्ञान प्राप्त गर्न चाहन्छ, त्यसैले ऊ ध्यानपूर्वक सुन्छ ... दोस्रो व्यक्ति अघि सरेर प्रश्नहरू नगरुञ्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठीक देखा पर्छ ।”
कुनै व्यक्तिगत विचारलाई तथ्य ठान्न; अनि केही कुरा सत्य ठानेर आफ्नो आत्मसम्मान बलियो बनाउने, केवल त्यसले हाम्रो सधैंको शंका समर्थन गरेको कारणले हामी सबैमा कहिलेकाहीँ तुरुन्त निर्णय लिनको लालसा हुन्छ ।
तर विवेकशील व्यक्ति सँधै बढी जान्न खोज्छन् र त्यसका लागि ध्यानपूर्वक सुन्छन् । जबसम्म अरू कोही दोस्रो व्यक्ति आएर उपयुक्त प्रश्न सोध्दैन तबसम्म बोल्ने पहिलो व्यक्तिनै सधैं ठिक जस्तो देखिन्छ ।
परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् ।
यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ ।
अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद !
Please! Like/Follow/Subscribe/Share
Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.”
YouTube Channel: TAJA BACHAN HD
Facebook: tajabachan
Facebook Page: Taja Bachan Daily Devotional
WhatsApp No: +9779804144029
Email: [email protected]
TikTok: Taja Bachan HD
Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal
“Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.”
Nanda Kumar Rai
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: