राप्ती नगरपालिकाको विकास निर्माण तथा पर्यटकिय क्षेत्रहरुको चिनारी झल्किने डकमेन्ट्री
Автор: राप्ती नगरपालिका
Загружено: 2022-02-11
Просмотров: 577
Описание:
पृष्ठभुमीः
चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डारा बीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा ११२.०४ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा १२,०५५ घरधुरीको बसोबास रहेको छ । नगरपालिकाको भौगोलिक अवस्थिति, धार्मिक तथा पर्यटकिय स्थल तथा प्राकृतिक एवम ऐतिहासिक सम्पदा र विकास निर्माणका कार्यहरुको प्रचार प्रसार गर्ने र ति स्थलहरुको वस्तुस्थिति बारे जानकारी दिन वृत्तचित्र (भिडियो डकुमेन्ट्री) महत्वपुर्ण आधार हुन सक्दछ।
डकुमेन्ट्री निर्माणको लक्ष्यः
राप्ती नगरपालिकाको मुख्य मुख्य पर्यटकिय आकर्षणको बारे जनमानसमा जानकारी गराई पर्यटकको संख्या वृद्दि गरी स्थानियवासीको आर्थिक हैसियतमा सुधार ल्याउने र नगरपालिकाले लिएको लक्ष अनुरुप भएको महत्वपुर्ण भौतिक लगायत विभिन्न क्षेत्रमा भएका विकास निर्माण र गतिविधि बारे अभिलेखिकरण गर्ने।
डकुमेन्ट्री निर्माणको उद्देश्यः
नगरपालिकाको मुख्य मुख्य गन्तव्य स्थानको एकिकृत चिनारी हुने दस्तावेज निर्माण गरी प्रचार प्रसार गर्ने
नगरको धार्मिक ऐतिहासिक लगायत सर्वाङ्गिण पक्ष समेट्नेगरी डकुमेन्ट्री बनाई मौलिक पक्षको परिचय गराउने
नगरमा भएका विकास निर्माणका पक्षहरु समेटी अभिलेखीकरण दस्तावेज बनाउने।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: