LAND AGREEMENT | NEPAL & OMAN | H.E. SARMILA PARAJULI DHAKAL | AMBASSADOR, OMAN
Автор: Ministry of Foreign Affairs, Nepal
Загружено: 2021-10-10
Просмотров: 449
Описание:
नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा 25 aug 2020, 2077 भाद्र 9 गते, मंगलवारका दिन एक हस्ताक्षर कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो।नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ। ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) महामहिम मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत महामहिम श्री सर्मिला पराजुली ढकालज्यूले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो।उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ।
हस्ताक्षर कार्यक्रमपश्चात् भएको भेटमा महामहिम मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताउनु भयो। महामहिमले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा महामहिम राजदूतज्यूलाई बद्याई दिंदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाउनु भयो।भेटमा महामहिमहरूले नेपाल-ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा साटासाट गर्नुभयो।
खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ। क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ। समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति एक शान्तिप्रेमी राष्ट्रको रूपमा रहेको छ। ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यपारिक मार्गसँग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि यस राज्यसँगको दीर्घकालिन् सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले पनि महत्वपूर्ण हुने देखिन्छ।दूतावासको आफ्नै भवन हुनुले पनि ओमान लगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने देखिन्छ। यसले खाडी क्षेत्रमा रहेका करीब 15 लाख हाम्रा नेपालीहरूको सुरक्षा तथा स्थायीत्वमा योगदान दिनेछ।
यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढ्नेछ।त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन् रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने छ। विदेशी राजधानीमा नेपाली दूतावासको आफ्नै मौलिक एवम् कलात्मक भवन हुनु देशकै लागि एक गर्वको विषय त निश्चय हो नै साथसाथै उक्त भवनको निर्माणपश्चात् ओमानमा बस्ने नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुनेछ।उक्त भवनबाट नेपाली उत्पादनहरूको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यपार तथा पर्यटन प्रबर्द्बनमा समेत थप योगदान पुर्याउने दूतावासको योजना रहेको छ।
उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका अन्य पदाधिकारीहरू तथा नेपाली दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
श्री नेपाली राजदूतावास,
मस्कट, ओमान।
2077 भाद्र 9 गते, मंगलवार।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: