माम्ले विद्यालयमा पारम्परिक खाद्य प्रदर्शन तथा सांस्कृतिक मेला २०२५ सम्पन्न
Автор: Hamro Khabar
Загружено: 2025-08-30
Просмотров: 54
Описание:
माम्ले विद्यालयमा पारम्परिक खाद्य प्रदर्शन तथा सांस्कृतिक मेला २०२५ सम्पन्न
नाम्ची ३१ अगस्त।
दक्षिण सिक्किम नाम्ची जिल्ला अन्तर्गत, सरकारी निम्न माध्यमिक विद्यालय, माम्ले र स्कुल पूर्व विद्यार्थी संघ
(अलुमनाई)को संयुक्त आयोजनामा पारम्परिक खाद्य प्रदर्शन तथा सांस्कृतिक मेला आयोजना गरियो। यस कार्यक्रममा ४१- माम्ले ग्राम प्रशासन केन्द्रका पञ्चायत सभापति कृष्ण कुमार मङ्गर, सम्पूर्ण पञ्चायतगण, सरकारी निम्न माध्यमिक विद्यालय, माम्लेका प्रधान अध्यापक घनश्याम प्रधान, सह-निर्देशक/पीआरआई डी.बी राई, अलुमनाई (पूर्व विद्यार्थी संघ), ग्राम प्रशासन केन्द्रका सम्पूर्ण कर्मचारीवर्ग, स्वास्थ्य कल्याण केन्द्र, माम्लेका कर्मचारी, शिक्षक शिक्षिकागण साथै विद्यार्थीवर्ग र गाउँका अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रधानाध्यापक घनश्याम प्रधानले पारम्परिक खाद्य स्टल तथा सांस्कृतिक कार्यक्रमबारे विद्यालयको नियमित कार्यक्रममध्ये यो कार्यक्रम अन्तर सदन प्रतियोगिता रहेको जानकारी गराउँदै पारम्परिक खाद्य स्टलको भ्रमण उपस्थित भेलालाई गराएका थिए। यस प्रतियोगितामा पारम्परिक खाद्य स्टल, क्षेत्रीय नृत्य, लोक गीत, स्थानीय लोक नृत्यका विभाजन गरी प्रस्तुत गरिएको थियो जसमा भोटिया, लेप्चा, नेपाली जातीय समुदाय भित्र पर्ने विभिन्न जातिको पारम्परिक खाद्य सामाग्री बिक्री, वाद्य वादन, भेष-भुषा प्रदर्शनी आदि रहेको थियो। क्षेत्रीय नृत्यमा असमको बिहु नाँच, मणीपुरी नाँच, नेपाली लोक गीत, स्थानीय लोक नृत्यमा भोटिया र लेप्चा रहेको थियो। निर्णायकको भूमिका निर्वाह गरेका पञ्चायत सभापति कृष्ण कुमार मङ्गरले विद्यालयले आधुनिकीकरणले लिप्त भएको अवस्थामा शिक्षक-शिक्षिकागण आफै संलग्न भई विद्यार्थीहरूलाई परम्परागत ढाँचामा महत्वपूर्ण लोक गीतलाई वाद्य बाजासँगै गाउन निपुण, पारम्परिक खाद्यको प्रायोजन अनि असल ढंगले प्रदर्शनी गरेकोमा बधाई दिँदै शुभकामना व्यक्त गरे।
सम्पूर्ण कार्यक्रममा चारजना निर्णायकगणको निर्णय र शिक्षकहरूको अगुवाईमा सम्पन्न गरिएको प्रतियोगितामा एडिसन (ग्रिन हाउस) र आइन्स्टाइन (ब्लु हाउस) मध्ये सबै श्रेणीमा उत्कृष्ट प्रदर्शन गरी सएडिसन (ग्रिन हाउस) विजय बने। अलुमनाई (पूर्व विद्यार्थी संघ)ले सबैलाई स्मृति चिन्ह अनि प्रमाण पत्र प्रदान गरिएको थियो। निर्णायकगणलाई स्मृति चिन्ह प्रदान गरिएको थियो । शिक्षक सन्तोष सुब्बाद्वारा धन्यवाद ज्ञापन दिएपश्चात कार्यक्रम अन्त्य गरिएको जानकारी पूर्व विद्यार्थी संघकी महासचिव सुश्री गङ्गीमाया मङगरले गराएकी छिन्।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: