के तपाईंको बच्चाको पुर्ण विकास भएको छ ? गर्भ देखि ८ वर्ष सम्मका विकासका चरणहरु
Автор: ज्ञान गंगा
Загружено: 2025-05-08
Просмотров: 1038
Описание:
आजको यस भिडियोमा हामी प्रारम्भिक बाल विकासको विकासात्मक चरणको महत्त्वको बारेमा चर्चा गर्नेछौं ।
प्रारम्भिक बाल विकास भन्नाले गर्भ देखि करिब ८ वर्षसम्मको समयलाई भनिन्छ ।
जहाँ बच्चाको शरीर, मस्तिष्क , भावना, भाषा र व्यवहार तीव्र रूपमा विकास हुन्छ ।
प्रारम्भिक बाल विकासका मुख्य पक्षहरु :-
पहिलो – शारीरिक विकास,
दोस्रो – बौद्धिक अथवा मानसिक विकास
तेस्रो – सामाजिक विकास
चौथो – भावनात्मक तथा सन्वेगात्मक विकास
र पाँचौं – भाषिक विकास
प्रारम्भिक बाल विकासका चरणहरु :-
1. गर्भावस्था अवस्था (Conception to Birth)
भ्रूणको मस्तिष्क विकास ३ हप्ता देखि नै सुरु हुन्छ।
४ महिना देखि शिशुले बाहिरी आवाज सुन्न सक्छ
न्यूरल कनेक्सनहरू (synapses) प्रति सेकेन्ड 250,000 को दरले बन्छन्।
गर्भावस्थामा विशेष गरि
भ्रूणको अंग निर्माण, मस्तिष्क र स्नायु प्रणालीको विकास हुन्छ
गर्भावस्थामा आमाको आहार, मानसिक अवस्था र स्वास्थ्यले सिधा असर पार्छ।
यो चरणमा मानसिक शान्ति, पोषणयुक्त खाना र नियमित स्वास्थ्य परीक्षण अत्यावश्यक हुन्छ।
2. शिशु अवस्था (0 – 1 वर्ष)
शिशु अवस्थामा
१ वर्षभित्र मस्तिष्कको आकार लगभग दुई गुणा हुन्छ।
यो अवस्थामा Brain imaging power को विकास सुरु हुन्छ sensory र motor cortex सक्रिय हुन थाल्छ्न ।
शारीरिक विकास अन्तर्गत टाउकोको नियन्त्रण, पल्टिनु, बस्न सिक्नु, उभिन खोज्नु।
संज्ञानात्मक विकास अन्तर्गत आवाज चिन्नु, अनुहार सम्झनु, आँखाबाट वस्तु पछ्याउनु।
भाषिक विकास अन्तर्गत कराउनु, हाँस्नु, “आ”, “बा” जस्ता ध्वनि निकाल्नु।
सामाजिक विकास अन्तर्गत आमाबाबुसँग टाँसिनु, अनुहार देख्दा खुसी हुनु।
भावनात्मक विकास अन्तर्गत डर, रिस, खुसी महसुस गर्न थाल्नु आदि हुन ।
3. शिशु उत्तरावस्था (1 – 3 वर्ष)को समय
यस अवस्थामा
Vocabulary १ वर्षमा ५० शब्द, २ वर्षमा २००–३०० शब्द पुग्छ
Executive functions (जस्तै: decision making) को प्रारम्भिक विकास हुने समय।
शारीरिक विकास: हिँड्न, दौडन, साना वस्तु समात्न सिक्नु।
संज्ञानात्मक विकास: कारण–परिणाम बुझ्न थाल्नु, खेल मार्फत सिकाइ।
भाषिक विकास: दुई–तीन शब्दको वाक्य प्रयोग, वस्तुको नाम भन्नु।
सामाजिक विकास: साथी तर्फ आकर्षण, अनुकरण गर्न खोज्ने।
भावनात्मक विकास: आफूलाई व्यक्त गर्न खोज्ने, जिद्दी देखिनु।
4. पूर्व-विद्यालय अवस्था (3 – 5 वर्ष)
यस अवधीमा
Brain plasticity उच्च हुन्छ – भाषा सिक्नको लागि आदर्श समय हो ।
Theory of mind (अरूको दृष्टिकोण बुझ्ने क्षमता) सुरु हुन्छ )
शारीरिक विकास: सकृय खेलहरू खेल्ने, चित्र बनाउने।
संज्ञानात्मक विकास: रंग, आकार छुट्याउने, कथा बुझ्ने क्षमता।
भाषिक विकास: छोटो संवाद गर्न सक्ने, गीत–कविता भन्न सक्ने।
सामाजिक विकास: समूहमा खेल्ने, पालो पर्खन सिक्ने।
भावनात्मक विकास: आत्मसम्मान विकास, डर र भावनाको बुझाइ।
5. विद्यालय प्रवेशपूर्व अवस्था (5 – 8 वर्ष)
यश अवधीमा
Prefrontal cortex (attention, planning) अझ सक्रिय हुन्छ।
Brain scans अनुसार यो उमेरमा न्यूरोनल pruning सुरु हुन्छ – “use it or lose it” सिद्धान्त।
शारीरिक विकास: लेख्न, दौडन, बल खेल्न सक्षम।
संज्ञानात्मक विकास: गणना, पढ्ने–लेख्ने सुरुवात, ध्यान केन्द्रित गर्न सक्ने।
भाषिक विकास: विस्तृत वाक्य प्रयोग, विचार व्यक्त गर्न सक्ने।
सामाजिक विकास: साथीबीच सहकार्य, नियम पालन गर्न सिक्ने।
भावनात्मक विकास: आत्म-नियन्त्रण, सहानुभूति र जिम्मेवारी बोध।
निष्कर्ष (Conclusion):
बाल मस्तिष्क विकासको ८०–९०% भाग ५ वर्षमै पूरा हुन्छ (UNICEF, 2021)।
यदि यो समयमा बालबालिकालाई सही पोषण, मायाममता, सामाजिक उत्तेजना, भाषा वातावरण दिइएन भने दीर्घकालीन असर पर्छ।
"The earlier, the better" भन्ने वैज्ञानिक प्रमाणले देखाउँछ – प्रारम्भिक हस्तक्षेप नै जीवन परिवर्तनको जड हो।
यदि तपाईंलाई यो जानकारी उपयोगी लाग्यो
र
स्वस्थ जीवनका लागि सहि जानकारी चाहियको छ भने "स्वास्थ्य सरोकार" youtube channel लाई Like , Share comment , र Subscribe गर्न नबिर्सनुहोला । धन्यवाद !!!
Produced by: स्वास्थ्य सरोकार
Graphics, Voice & Editing: G.R. Chaudhary
Subscribe गर्न नभुल्नुहोस् – नयाँ स्वास्थ्य शिक्षा सामग्री नियमित रूपमा पाउनको लागि। / @gyanganga7n
#बालविकास #MentalDevelopment#EarlyChilddevelopement #SwathyaSarakar #1000DaysCare #NepaliHealthVideo#Nepalimother#nepaliparents#
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: