मन थामेरै सुन्नु पर्ने भाषण 😮 | Balen Shah In Janakpur | Balen Shah Speech In Janakpur | Balen Jhapa
Загружено: 2026-01-21
Просмотров: 48
Описание:
मन थामेरै सुन्नु पर्ने भाषण 😮 | Balen Shah In Janakpur | Balen Shah Speech In Janakpur | Balen Jhapa
FOLLOW ME ON 👇
tiktok : / millionaayuzehh
जनकपुरमा मैथली भाषामा दिएको भाषणको नेपाली अनुवाद यस्तो :👇
तपाईंहरू आज भाषण सुन्न यहाँ आउनुभएको हो कि नतिजा हेर्न ?
म कुरा होइन, काम गरेर देखाउन चाहन्छु।
मलाई काम गर्ने अवसर दिनुहोस्। काठमाडौं महानगरपालिकाले अवसर दियो, काम गरेर देखाएँ।
अब तपाईंहरू दिनुहुन्छ कि दिनुहुन्न ?
डेढ महिनाअघि हामी राम–जानकी विवाह महोत्सवमा आयौँ।
विश्वप्रसिद्ध राम–जानकी विवाह यहीँ भएको हो।
तर मधेसी र नेपालीहरू डेस्टिनेसन वेडिङका लागि जयपुर जान्छन्।
किन ?
राम–जानकीको प्रसिद्ध विवाह जनकपुरमै भएको भए पनि विवाहका लागि हामी बाहिर किन जानुपर्ने ?
मिथिलामा किन आउँदैनन् ?
मिथिलाको सरसफाइ, सुन्दरता र आकर्षण बढाउने सरकारी नीति र नियम कहाँ छन् ?
यहाँ दुईवटा कुरा स्पष्ट भएका छन्।
पहिलो, मधेसमा पहिलो पटक सबै पार्टीका मान्छेहरू एकै ठाउँमा आएका छन्।
यहाँ कुनै एउटा पार्टीका मात्र मान्छे छैनन्।
दोस्रो, जनकपुर एक कुराका लागि एक वर्षअघि निकै खुशी भयो।
जनपलको उपाधि जित्दा मधेसका सबैले खुशी मनाए।
यसरी सबै नागरिक खुशी हुनुपर्छ।
देशको विकास जनकपुर फैलिनुपर्छ।
मलाई काठमाडौं र मधेसमा धेरैले सोधिरहेका छन्—
प्रदेशको विषयमा राष्ट्रपतिको धारणा के हो ?
म जवाफ दिन्छु— राष्ट्रपतिले प्रदेशलाई अझ बलियो बनाउने पक्षमा छन्।
प्रदेश सरकारको काम एउटा वडामा ५० हजार धारा जोड्नु होइन,
३–४ पालिकामा जोड्नु हो।
जनकपुरका प्रशासकीय अधिकृत फेरि काठमाडौं जानुपर्ने अवस्था किन ?
जनकपुर प्रदेशको राजधानी होइन र ?
यदि हो भने काठमाडौं किन जानुपर्यो ?
यहाँबाट किन हुँदैन ?
पहिलो कुरा— प्रदेशलाई बलियो बनाउनुपर्छ।
काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ।
अधिकार माग्न काठमाडौं जानु पर्दैन,
पशुपति घुम्न जाने ठाउँ काठमाडौं हो।
पशुपतिनाथ वा स्वयंभूनाथ दर्शन गर्न जानु अधिकार माग्न जानु होइन।
करिब चार वर्ष मैले काठमाडौंको मेयरका रूपमा काम गर्दा
दैनिक माइतीघर मण्डलामा उभिएका किसान,
मिटरब्याज पीडित,
धर्नामा बसेका नागरिकहरू देख्थेँ।
म ती पीडाहरूको प्रत्यक्ष साक्षी भएँ।
मेयरका रूपमा मैले धेरै गर्न सकिनँ।
अब तपाईंहरू आफैं सोच्नुस्—
मेयर भएर ३५ वटै पालिकालाई एक्लैले एक्सन दिन सकिँदैन भने
संघ सरकारमा गएर के गर्न सकिन्छ ?
सबैले समाजवादको कुरा गर्छन्,
लोकतन्त्रको कुरा गर्छन्।
काठमाडौं महानगरपालिकाले हरेक वर्ष
२० हजार विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ।
महँगा कलेजमा पढ्ने विद्यार्थीलाई
फी माफी,
फ्री टिकट बिना विदेश जानु पर्दैन—
देशमै पढ्न सकिने व्यवस्था गरिएको छ।
महँगा स्कुल र कलेजमा
वार्षिक २० हजार विद्यार्थीले निःशुल्क पढ्न पाउनु
यही नै समाजवाद हो।
काठमाडौंका महँगा अस्पतालहरूमा
२० प्रतिशत शय्या निःशुल्क उपलब्ध छन्।
हामीले काठमाडौंमा
पार्क, चौतारा, पोखरी, फल्चा निर्माण गरेका छौँ।
मिथिला र जनकपुरमा पनि
मन्दिर, पोखरी र ऐतिहासिक संरचनाहरू
संरक्षणको पर्खाइमा छन्।
ती संरचनाको संरक्षण कसले गर्ने ?
अब त्यो काम राष्ट्रपतिले गर्नुपर्छ।
यस्तै संरक्षण हामीले काठमाडौंमा गरेका छौँ।
त्यसका लागि हामीलाई काम गर्ने अवसर दिनुहोस्।
म आज पहिलो पटक भाषण दिँदैछु।
मेयर पदबाट राजीनामा दिएर फुर्सद भएको छ।
चार वर्ष फुर्सद नपाएर कसरी भाषण दिनु ?
नेपालमा वर्षेनी करिब १० लाख पर्यटक आउँछन्,
जबकि भारतको अयोध्यामा मात्रै १० करोड पर्यटक पुग्छन्।
हाम्रो जानकी माताको जन्मभूमिमा
कम्तीमा १ करोड पर्यटक त ल्याउनैपर्छ।
एउटा मधेसी छोरा प्रधानमन्त्री बन्छ भन्ने कुरामा
घण्टीमा भोट हाल्नु होइन।
सही मान्छेलाई ल्याउनका लागि,
सही सरकार बनाउनका लागि
घण्टीमा भोट हाल्नुस्।
aba ki baar balen sarkar,abki bar balen sarkar, aba ki bar balen sarkar,abki baar balen sarkar,अबकि बार बालेन सरकार, अबकी बार बालेन सरकार, balen shah new song, balen, balen new song, balen song, balen shah, balen shah news today, balen shah song, balen shah rap battle, balen rap, balen shah interview, balen shah news, balen shah rap battle, balen shah new song reaction video, balen shah savage reply, balendra shah, balendra shah song, balendra shah new song, balendra shah latest news, balendra shah interview, balendra rap, balendra new song, balen Speech, balen shah speech,balen in janakpur ,balen shah in janakpur ,balen shah speech in janakpur, balen speech in janakpur,balen shah today news,
----------------------------------------------------
Ⓒ & Ⓟ MILLION AAYUZEH LIVE , ALL RIGHTS RESERVED
Uploading this video on other YouTube channels or Facebook pages without prior permission is strictly prohibited.
(Link sharing and/or Embedding to websites is allowed)
----------------------------------------------------
#trendingno1 #balenshah #newnepalisong #abkibaarbalensarkar #balen #millionaayuzehlive
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: