मुद्दा गर्दा के के कुरा थाहा पाउने। कस्लाइ सम्पर्क गर्दा ठिक हुन्छ।।दाबी, फिराद, दाबी कसरी लिने।।
Автор: Lawyerlogy
Загружено: 2021-08-26
Просмотров: 5195
Описание:
कसैले कानून बमोजिम दाबी लिएको कुरालाई प्रचलन गराउन
चाहेमा अदालत समक्ष त्यस्तो दाबी लिनु पर्नेछ । कार्यविधि र शर्त
रा गरी अदालतमा फिरादपत्र दिनु पर्नेछ ।पुग्ने विषयमा फिराद दिनु पर्ने यस परिच्छेदमा अन्यथा लेखिएकोमा बाहेक
फिरादपत्र दिँदा आफ्नो हक पुग्ने विषयमा मात्र दाबी गरी फिरादपत्र दिनु पर्नेछ ।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले फिरादपत्र दर्ता गर्न माग गरेमा
फिरादपत्र दर्ता हुन सक्ने छैन र कुनै कारणवश दर्ता भएको भए तापनि दफा ९१ बमोजिम
दिइएको फिरादपत्र बाहेक अन्य फिरादपत्र खारेज हुनेछ ।
८७. एउटै फिरादपत्र दिन सक्ने ः (१) कुनै व्यक्तिले अर्को व्यक्ति विरुद्ध देवानी प्रकृतिको कुनै
दाबी र त्यससँग सम्बन्धित जतिसुकै विषय भएपनि त्यस्तो विषयमा एउटै फिरादपत्र दायर
गर्न सक्नेछ ।२) कसैले एकैपटक एउटै फिराद दिए हुने विषयमा सो नगरी पहिले दिएको मुद्दाको
परिणाम विचार गरी त्यसको आधारमा पछि फिराद दिन आएमा त्यस्तो फिराद लाग्ने छैन ।
बादी वा प्रतिबादीको सङ्ख्याले असर नपर्ने ः कुनै एक विषयको दाबीको सम्बन्धमा कुनै
एक व्यक्तिले जतिसुकै व्यक्ति उपर, जतिसुकै व्यक्तिले कुनै एक व्यक्ति उपर वा जतिसुकै
व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिरादपत्र दिन सक्नेछ ।कपटक मात्र फिरादपत्र दिनु पर्ने ः (१) कुनै व्यक्तिले एकै विषयमा दफा ८७ बमोजिम
कुनै व्यक्ति उपर एक अदालतमा फिरादपत्र दिई सकेपछि त्यही विषयमा त्यस्तो अदालत वा
अन्य कुनै अदालतमा त्यस्तो व्यक्ति उपर अर्को फिराद दिन सक्ने छैन ।
(२) एकै विषयमा एउटा पक्षले कुनै एक अदालतमा, अर्को पक्षले अन्य अदालतमा
वा दुवै पक्षले एउटै अदालतमा छुट्टाछुट्टै फिरादपत्र दिएमा पहिले दर्ता भएको फिराद
बमोजिम मुद्दाको कारबाही भई अरु फिरादपत्र खारेज हुनेछ ।
तर कानून बमोजिम दुवै पक्षको फिराद लाग्ने वा दुवै पक्षले फिराद गर्नु पर्ने
अवस्थामा दुवै फिरादपत्र उपर कारबाही गर्न कुनै बाधा पर्ने छैन ।
९०. फिरादपत्र हदम्यादभित्र दायर गर्नु पर्ने ः (१) फिरादपत्र दिँदा आफ्नो दाबी सहित कानून
बमोजिम तोकिएको हदम्यादभित्र अदालतमा फिरादपत्र दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम फिरादपत्र दिँदा कुन कानून बमोजिमको हदम्यादभित्र
फिराद गरेको हो सो कुरा फिरादपत्रमा खुलाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) को प्रतिकूल हुने गरी दर्ता गर्न ल्याएको फिरादपत्र दरपीठ
गरी फिर्ता दिनु पर्नेछ ।
९१. सार्वजनिक हित वा सरोकार निहित रहेको विवादमा जोसुकैले फिरादपत्र दिन सक्ने १)
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार वा
स्थानीय तहको हक, हित वा सरोकार वा सार्वजनिक हित वा सरोकार निहित रहेको
विवादमा अदालतको अनुमति लिई जुनसुकै व्यक्तिले फिरादपत्र दिन सक्नेछ ।२) उपदफा (१) बमोजिम अनुमति लिनका लागि फिरादपत्र सँगै छुट्टै निवेदन दिनु
पर्नेछ ।३) उपदफा (२) बमोजिम अनुमतिका लागि निवेदन परेमा अदालतले निवेदन परेको
दिनमा नै त्यस्तो विषयमा निर्णय गर्नु पर्नेछ ।
@Lawyerlogy
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: