ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

के हो मष्टो? खसहरूको धर्म केहो? "मष्टोपूजा कुलपूजा हो भने खसहरूको धर्म वैदिक हिन्दू नै हो।"

Автор: Bhimkanta Bhagawat

Загружено: 2021-10-02

Просмотров: 12960

Описание: #मष्टोपूजा____खससँस्कृति_____एक_विश्लेषण !!!
#के_हो__वास्तविकता? #क्षत्री_समूदायलाई_निवेदन !!!

ॐ अादिमष्टो गुरू शरन परी हातै जोडी पाउ लाग्याँ।रख्खे गरे,बडन्ती गरे............ वराह मष्ट कुल-कालिका कुल-मालिका श्रीछिन्नमस्ता बढि माई शरन 🙏

यो मष्टोपूजा लोकाचार र कुलाचार हो।
" लोकाचारान् कुलाचारान् देशाचारान् समाचरेत्" अनुसार वेद सम्मत छ।वेद र तन्त्रको मिश्रण हो यो मष्टो परम्परा।राजसी र तामसी पूजा पद्धतिको मिश्रण पनि हो यो।
मष्टोको अर्थ हो समस्त।सम्पूर्ण शक्तिहरूको एकीकृत महाशक्तिको नाम हो मष्टो।यसमा शक्ति र शक्तिमानको सङ्गै अाराधना हुन्छ।मष्ट देवताहरू वास्तममा कति छन् थाहा छैन किनकी नयाँ -नयाँ मष्टो देवताहरू प्रकट हुने र बक्ने क्रम अाज पनि छ।तर पत्ता लागे अनुसार खास मष्टहरू १०८ वटा छन् भनिन्छ।जसमा अाज सम्म बकेका मष्टोहरू १८ छन्।कसैले १२ मष्टोलाई मात्रै मान्छन्।मष्टोको अादि थलो कैलास मानसरोवर हो।अादि मष्टो भनेर भगवान् शिवलाई नै मानिन्छ।भगवान् शिवका एघार रुपहरू र मुल अादि मष्टो गरि बाह्र मष्ट अनि प्रभुका मुख्य छ जना शैव पार्षदहरू समेत गरि १८ मष्टोको खास अाराधना नेपालमा हुने गरेको छ।तर यी मष्टो देवताको नाम मुल ठेट नेपाली भाषामा हुन्छ।जस्तै दुधे मष्ट,खप्पर मष्ट,दाह्रे मष्ट अादि।मष्टो पूजाको ईतिहास हेर्दा लगभग १००० वर्ष भन्दा माथि जानू पर्दछ।वर्तमान बाहुन क्षेत्रीहरू यो पहाडमा फैलिनु पूर्व पनि मगर राजाहरूले मष्टो पूजा गरेका प्रमाण छन्।जसको प्रमाण अर्घाखाँचीको अर्घौते ढुङ्गो छँदै छ।मष्टो परम्परामा पुजिने नौ बहिनी देवीहरू पनि वैदिक नवदुर्गा नै हुन्।यो पहाडमा बाहुन,छेत्री,दशनामी,कामी,दमाई,सार्की,गाइन,वादी अादि अाउनु भन्दा पहिले नै मगर र गुरुङ राजाहरूले वेद र तन्त्र सम्मत विधिले भुईंफुट्टा शक्तिपीठमा पूजा अर्चना गर्दथे।हुन त अत्यल्प रुपमा यी अन्य समूदाय यहाँ रहे पनि मूलतः बढि संङ्ख्या मगर र गुरूङहरूकै थियो।मगर र गुरुङहरू प्राचीन वेदधर्म रक्षक क्षत्रीहरू हुन्।महाभारतको युद्धमा वर्तमान नेपालबाट शैवमार्गी वैदिक किरात र क्षत्री राजाहरू लड्न गएको उल्लेख छ।ती क्षत्री भनिएका वर्तमान मगर,गुरुङ,तामाङ अादिका पुर्खा थिए।बुद्धबाट गुरूङ वर्ग प्रभावित भए पछि शैव र बौद्ध मिलेर परम पवित्र हिमाली महायान मार्ग बन्यो।पछि भोटे,शेर्पाहरू हुँदै यो तिब्बत,भुटान,बर्मा,श्रीलंका सम्म फैलियो।यही मुल मष्टो परम्परा उपत्यकामा पनि थियो।यसैको जगमा विराट नेवार सभ्यता विकसित भएको हो।काठमाडौंका अधिकांश मन्दिरको गर्भगृह हेर्दा सामान्य शिला थापेर शक्ति बोलाइएको कुरा श्रीमहालक्ष्मीस्थान,श्रीवंगलामुखी अादिको अवलोकनबाट थाहा हुन्छ।नेवार जाती भन्छन् अचेल,जुन गलत हो।नेवार त सभ्यता हो जसमा पहाडे,मधिसे,हिमाली,भोटे,पर्वते,काँठे,खोले,मैदाने सबै मिसिएका छन्।वैदिक छहारीमा मुल मष्टो परम्परामा पछि गहन तन्त्र पनि मिसिए पछि वर्तमान नेवा सभ्यता र विश्वलाई नै चकित पार्ने खालको उपत्यकाको वर्तमान साँस्कृतिक विरासत बन्यो।यसैमा बुद्धको ज्ञान मिसिए पछि शैव दर्शन र साधना अनि बुद्धको ज्ञान मिलेर बज्रयान मार्ग विकसित भयो। किरात सभ्यतामा पूजिने सतलुङ्ग,मिलुङ्ग र पुतलुङ्ग ब्रह्मा,विष्णु,महेश वा अ उ म = ॐकारकै प्रतीक हुन्।यो पनि मष्टोकै स्वरुप हो।

मूलत: मष्टो हुन शक्ति र शक्तिमान सङ्गै हुनै पर्दछ।कर्णाली प्रदेशमा मष्ट देवतालाई कुलदेवता,मार्गदेवता,गृहदेवता,ग्रामदेवता र स्थानदेवता अादि विभिन्न रुपमा पुजिन्छ।छेत्रीहरूले अाफ्नी कुलदेवी महाकालीको साथमा मान्छन्।छेत्री वंशका खास कुल देवता महाकाली,खड्क देवता,छत्र महाराज अादि रहेको पाइन्छ।ठकुरीहरूको पनि कुल देवता श्रीकालिका न‌ै भएको पाइन्छ।मध्यमाञ्चलमा अाउँदा मष्टले कुलदेवताको खास रुप लिएको पाइन्छ।मध्यमाञ्चल र पश्चिमाञ्चलमा लगभग नब्बे प्रतिशत बाहुन र विश्वकर्माले मष्टोलाई कुलदेवताको रुपमा पुज्दछन्।केही परियार,गन्धर्व र नेपालीले पनि मष्टो पुज्दछन्।तर धेरै जसो परियार,नेपालीहरूले कुलको रुपमा देवीकै पूजा गर्दछन्।नेपालमा वास्तविक शूद्र कोही छैन।बाहुनबाट विश्वकर्मा,छेत्रीबाट दमाही,ठकुरीबाट सार्की बनाइएका प्रमाण छन्।बादी र गन्धर्व पनि बाहुनबाट बनाएको हो।यसैले माथिको पारम्परिक सामिप्यता देखिएको हो।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
के हो मष्टो? खसहरूको धर्म केहो?          "मष्टोपूजा कुलपूजा हो भने खसहरूको धर्म वैदिक हिन्दू नै हो।"

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

यथार्थ मष्ट रहस्य Part-2 | Paramhansa Acharya Yogiraj Balkrishnananda “Mukta Buddha”

यथार्थ मष्ट रहस्य Part-2 | Paramhansa Acharya Yogiraj Balkrishnananda “Mukta Buddha”

Day -1 श्रीगरुड़ महापुराण कथा पुज्य वेदप्रकाश गुरु ज्यु को श्रीमुखबाट

Day -1 श्रीगरुड़ महापुराण कथा पुज्य वेदप्रकाश गुरु ज्यु को श्रीमुखबाट

कृष्ण लिला को अद्भुत कथा Krishna Leela bhagwat katha Radhika Daasi ji / Mata Ji

कृष्ण लिला को अद्भुत कथा Krishna Leela bhagwat katha Radhika Daasi ji / Mata Ji

श्री शनि देव की पावन गाथा | DS Pal | Shani Dev Ke Bhajan | Latest Shani Dev Ke Bhajan,शनि कथा

श्री शनि देव की पावन गाथा | DS Pal | Shani Dev Ke Bhajan | Latest Shani Dev Ke Bhajan,शनि कथा

Ep 472 Bhimkant Bhagwat तन्त्रोक्त विधि, शक्ति, देव, वीर र मसानको दिव्य सुरक्षामा रहेको देश नेपाल

Ep 472 Bhimkant Bhagwat तन्त्रोक्त विधि, शक्ति, देव, वीर र मसानको दिव्य सुरक्षामा रहेको देश नेपाल

DALITSAWAL ||दलित समुदायको कला संस्कृति || Nepal Television || 2076-10-27

DALITSAWAL ||दलित समुदायको कला संस्कृति || Nepal Television || 2076-10-27

श्री स्वस्थानी व्रतकथा | सम्पूर्ण अध्याय | Shree Swasthani Brata Katha | Complete Book

श्री स्वस्थानी व्रतकथा | सम्पूर्ण अध्याय | Shree Swasthani Brata Katha | Complete Book

अध्याय 30 पुरुषाेत्तममास - महात्म्य संगीतमय कथा / Purushottam Katha by Kuber Subedi देवघाटधाम

अध्याय 30 पुरुषाेत्तममास - महात्म्य संगीतमय कथा / Purushottam Katha by Kuber Subedi देवघाटधाम

Shrimad Bhagwat By Narayan Pokharel 7

Shrimad Bhagwat By Narayan Pokharel 7

Почки скажут вам: всего 1 стакан перед сном и ночные походы в туалет исчезнут | ПАМЯТЬ И МОЗГ

Почки скажут вам: всего 1 стакан перед сном и ночные походы в туалет исчезнут | ПАМЯТЬ И МОЗГ

Shree Masto ll बिरेन्द्रको राजा हुने योग नै थिएन– सौरभ l Saurav l Epi 2

Shree Masto ll बिरेन्द्रको राजा हुने योग नै थिएन– सौरभ l Saurav l Epi 2

Nepali news 🔴 माघ १७ गते शनिबार || Nepal Post News || nepali samachar live | january 31, 2026

Nepali news 🔴 माघ १७ गते शनिबार || Nepal Post News || nepali samachar live | january 31, 2026

Ep 328 Dr Jagman Gurung मुक्ती कसरी मिल्छ ? डा. जगमान गुरुङका मनका कुरा | स्वधर्म टिभी Swadharma TV

Ep 328 Dr Jagman Gurung मुक्ती कसरी मिल्छ ? डा. जगमान गुरुङका मनका कुरा | स्वधर्म टिभी Swadharma TV

कुल बिग्रको, कुल पूजा र कुलायन देवताको बारेमा, Prof Dr. Ram Chandra Gautam || Dibyapuri TV

कुल बिग्रको, कुल पूजा र कुलायन देवताको बारेमा, Prof Dr. Ram Chandra Gautam || Dibyapuri TV

Почему зарядка после 60 ускоряет потерю мышц? Парадокс сардинских долгожителей | ЗДОРОВЬЕ ДАРОМ

Почему зарядка после 60 ускоряет потерю мышц? Парадокс сардинских долгожителей | ЗДОРОВЬЕ ДАРОМ

भक्ति - संवाद II मस्टो देउता र नेपालको चार सभ्यता : Bhakti sambad with Satya Mohan Joshi

भक्ति - संवाद II मस्टो देउता र नेपालको चार सभ्यता : Bhakti sambad with Satya Mohan Joshi

के हो कालो सिल्लो मष्टो  || शेरबहादुर धामी

के हो कालो सिल्लो मष्टो || शेरबहादुर धामी

521 Hari Sodari आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta?

521 Hari Sodari आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta?

झापामा बालेनलाई झड्का | today news | live news | nepali news today | aaja ka mukhe khabar

झापामा बालेनलाई झड्का | today news | live news | nepali news today | aaja ka mukhe khabar

Bhimkanta Bhagwat वैदिक, तान्त्रिक र लौकिक अदृश्य शक्तिहरू र कुल मस्टो रिझाउने तरिका र रहस्य

Bhimkanta Bhagwat वैदिक, तान्त्रिक र लौकिक अदृश्य शक्तिहरू र कुल मस्टो रिझाउने तरिका र रहस्य

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]