🇳🇵🇳🇵पशुपति! हे पशुपति! Nepali Religious Rock 🤘🎸
Автор: Prabesh Chapagain
Загружено: 2026-02-15
Просмотров: 181
Описание:
🕉️ पशुपति! हे पशुपति! | Pashupati! Hey Pashupati!
शिवको डमरु, त्रिशूलको शक्ति र जटामा बग्ने गंगाको पवित्र प्रवाहसँग बनेको यो शक्तिशाली रक–भजन, महाशिवरात्रिको विशेष अर्पण हो।
Pashupatinath Temple को महिमा सम्झाउँदै, यो गीतले भक्ति, शक्ति र शिवत्वको अनुभूति दिलाउँछ।
With the roar of the damaru and the power of the trishul, this devotional rock anthem awakens the Shiva within you.
—————————————————————————
पशुपति! हे पशुपति!
हर हर महादेव!
शिव! कैलाशपति!
शम्भो — हर हर महादेव!
सर्पको माला कण्ठमा झुण्डिएको
पवित्र भस्मले शरीर उज्यालो
डमरु र त्रिशूल हातमा तिम्रो
आदि योगी तिमी, हे शम्भो
रुद्र तिमी, अनि दयानु पनि
सर्पको माला कण्ठमा झुण्डिएको — हो हो हो
पवित्र भस्मले शरीर उज्यालो — वूऊऊ
डमरु र त्रिशूल हातमा तिम्रो — ये हे
आदि योगी तिमी, हे शम्भो
रुद्र तिमी, अनि दयालु पनि
कस्तो दिव्य, विचित्र रूप हो तिम्रो
उद्दण्ड, डरलाग्दो — आगो जस्तो
गाँजा र धतुरोमा लठ्ठ — हे नीलकण्ठ!
तिम्रै शरणमा म छु अब
शम्भो! हरा हरा!
भोले — अब तिम्रै छ भर!
जगत माता शक्ति देब्रे तिम्रो
पवित्र गंगा बग्छे जटाबाट तिम्रो
बाघको छाला ओढ्ने विचित्र तिमी
रुद्र तिमी, अनि कोमल पनि
जगत माता शक्ति देब्रेतिर तिम्रो
पवित्र गंगा बग्छे जटाबाट तिम्रो
बाघको छाला ओढ्ने विचित्र तिमी
रुद्र तिमी, अनि कोमल पनि
कस्तो दिव्य, विचित्र रूप हो तिम्रो
उद्दण्ड, डरलाग्दो — प्रलय जस्तो
भस्म… भस्म…
हर हर… हर हर…
ॐ नमः शिवाय… ॐ नमः शिवाय…
गाँजा र धतुरोमा लठ्ठ — हे नीलकण्ठ!
तिम्रै शरणमा मोह छु अब
शम्भो! हरा हरा!
भोले — अब तिम्रै छ भर!
हर हर महादेव! हर हर महादेव!
lyrics: Prabesh Chapagain
—————————————————————————
🙏 Comment “Har Har Mahadev” if you feel the vibe!
#पशुपति #HeyPashupati #Shivaratri #Mahadev #HarHarMahadev #NepaliSong #NepaliRock #DevotionalRock #BhaktiVibes #Pashupatinath #NepalMusic
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: