फेरि बन्दूकको राजनीति? विप्लवसँग १०० सवाल | NetraBikram Chand Biplav | THE TALK SHOW | Binod Dhungel
Автор: Binod Dhungel
Загружено: 2026-08-07
Просмотров: 5919
Описание:
हो, उहाँ अहिले पनि नेकपा (माओवादी) को महासचिव हो । कुनै बेला प्रचण्डको ब्राण्डिङ् भएको ब्राण्डलाई अहिले विप्लवले रिब्राण्डिङ् गर्न खोज्दै हुनुहुन्छ । तर, केपी ओली नेतृत्वको सरकारसँग सम्झौता गरेपछि र अरु दलसँगै चुनाव लडेर देशभरिबाट २३ हजार जति मात्र भोट पाएपछि त्यो ब्राण्डको खासै मार्केटिङ् हुनसकेको छैन । तर, विप्लवका आफ्नै प्रतिरक्षा छन् ।
अरुले ठकुरीको “शासकीय शैली” भएको भन्ने आरोप लगाए पनि आफूलाई रोल्पाली मगर जस्तै सहज ठान्ने नेत्रविक्रम चन्दले झण्डै १०० वटा प्रश्नको करीब–करीब ¥यापिड फायर यस अन्तर्वार्तामा अनेक सहज र जटिल सवालको सामना गर्नुभएको छ ।
उहाँले जनयुद्ध र शान्ति प्रक्रियादेखि जेनजी विद्रोह, युवा बेरोजगारी, लोकतान्त्रिक गणतन्त्रदेखि आफूलाई छोडेर हिँड्ने नेता कार्यकर्ताबारेसम्म टिप्पणी गर्नुभएको छ ।
सबै जसो प्रमुख दल र तिनका नेताका साथै पूर्व राजा ज्ञानेन्द्रको बारेमा उहाँले एक–एक गरेर निर्धक्कसँग टिप्पणी गर्नुभएको छ । अलिकति कुरा खोलौँ– उहाँले राजा ज्ञानेन्द्रलाई सिद्धान्तनिष्ठ ठान्नुभएको छ ।
आफ्ना पार्टीका नेताहरू सबैको थर “सी” हुनुको राज खोल्नेदेखि कम्युनको बहानामा नातागोताको नाममा निजी सम्पत्ति थुपारेको आरोपको पनि उहाँलाई छ ।
पोहोरको भदौरे विद्रोहमा जेनजीको हुलमुलमा आफ्नो पार्टीका कार्यकर्ता पनि मिसिएर आन्दोलनलाई तताएको मात्र हैन, त्यो विद्रोहपछि आफूले प्रधानमन्त्री हुने सुरसार कसेको र त्योभन्दा अलि अघि प्रचण्डको पार्टीको महासचिव हुनका लागि अफर आएको पनि उहाँले खुलासा गर्नुभएको छ ।
सबै जसो पुराना दल र बालेन सरकारको समेत कठोर आलोचक उहाँ युवाका चाहना र भावनाको भने समर्थक देखिनुभएको छ ।
तेस्रो लिङ्गी समुदायप्रति उहाँको टिप्पणी कठोर र एण्टी–करेण्ट देखिन्छ ।
पोहोरको भदौरे विद्रोहमा देखा परेको टीओबी र हालै पूर्वी तराई र मधेशमा धार्मिक आवरणमा देखापरेको द्वन्द्वको बारेमा विप्लवको टिप्पणी मौलिक छ ।
हेर्नुहोस्, नेत्रविक्रम चन्द (विप्लव सी.) सँगको विस्तृत तर रोचक र खुलस्त कुराकानी ।
Yes, he is indeed still the General Secretary of the Nepal Communist Party (Maoist). This banner once carried Prachanda's branding.
Biplav is now trying to rebrand that same brand for himself. However, after signing an agreement with the KP Oli-led government and contesting elections alongside all the other parties (only to receive a mere 23,000 votes nationwide) that brand hasn't really been able to market itself well. Still, Biplav has his own defenses.
Although others accuse him of having the "ruling style" of a Thakuri, Netra Bikram Chand, who considers himself as down-to-earth as a Rolpali Magar, has faced nearly 100 questions in an almost rapid-fire style in this interview.
He has commented on everything from the People's War and peace process to the Gen Z uprising, youth unemployment, and the democratic republic, as well as on the leaders and cadres who have left him and walked away.
He has commented boldly and individually on nearly all the major parties and their leaders, as well as on former King Gyanendra, for him "a man of principle".
He has also disclosed that during last year's GenZ uprising, his cadres mixed into the crowd and fueled the movement. After the uprising he had prepared himself to become prime minister, and before that, he had received an offer to become general secretary of Prachanda's party.
He appears to be not just a harsh critic of nearly all the old parties but also of the Balen-led RSP government, while at the same time appearing supportive of the aspirations and sentiments of the youth.
His comments regarding the third-gender community come across as harsh and against the current trend.
His remarks on the TOB issue that emerged during GenZ uprising, and on the recently emerged religiously-framed conflict in the eastern Tarai and Madhesh region, are of a distinctive nature.
A detailed yet engaging and candid conversation with Netra Bikram Chand (Biplav C.).
--------------------------------------------------------------
About the channel
Run by a veteran journalist and author, this channel provides deep-dive explainers and dignified interviews on global and national events from a distinct Nepali perspective.
We disseminate factual information and protect democracy and civil rights, entirely free from political bias or intellectual arrogance.
Our Commitment:
Facts First
Journalistic Integrity
Respectful Dialogue
Subscribe for dignified, truth-driven discourse.
तथ्य र विवेक: निष्पक्ष विश्लेषण
अनुभवी पत्रकार तथा लेखकद्वारा सञ्चालित यस च्यानलले वैश्विक र राष्ट्रिय घटनाक्रमहरूलाई विशेष नेपाली दृष्टिकोणबाट गहन एक्स्प्लेनर र मर्यादित अन्तर्वार्ताहरूमार्फत प्रस्तुत गर्दछ।
कुनै पनि राजनीतिक पूर्वाग्रह वा बौद्धिक अहंकारविना, तथ्यपरक सूचना प्रवाह गर्नु र लोकतन्त्र एवं नागरिक अधिकारको रक्षा गर्नु नै हाम्रो उद्देश्य हो।
हाम्रो प्रतिबद्धता:
तथ्यलाई प्राथमिकता
पत्रकारिताको आचारसंहिता
शिष्ट संवाद
सत्य र मर्यादित संवादका लागि आजै सब्सक्राइब गर्नुहोस्।
Stay connected with me / सम्पर्क र सामाजिक सञ्जाल
Facebook: / dhungelbinod
X (Twitter): https://x.com/BinodDhungel
Instagram: / bdklik
TikTok: / binod.dhungel25
#Maoist #Communist #NepalPolitics #Democracy #PoliticalAnalysis #IndependentJournalism #TheTalkShow
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: