सुदुर पश्चिमकाे गाैरा पर्व / Gaura Festival in the Farwest Nepal
Автор: khaptad
Загружено: 2021-08-28
Просмотров: 18695
Описание:
#गाैरा #पर्व #Gaura #Farwest
सुदूरपश्चिम प्रदेशमा मनाइँने गौरापर्वको पहिलाे दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली हो । हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज व्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गर्ने प्रचलन छ।
ब्रतालु महिलाहरुले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरीका अन्न)ले गौरादेवीको पूजा गर्ने गर्दछन्। हिजो गौरादेवीमा चढाएको दुबधागो (एक किसिमको धागो) पनि आजै महिलाहरुले धारण गर्दछन्।
तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन्। गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा लग्ने गरिन्छ।
सोही खलामा महिलाहरुले सामुहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फागमार्फत नै भन्ने गरेका छन्।
ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन्।
पुरुषहरुले ठाडोखेल, ढुस्को धमारीलगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन्। महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्दछन्।
गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, कर्णाली प्रदेशका केही जिल्लाहरु र भारतको कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो।
= Nar Bahadur Saund =गाैराका मुख्य विशषेता
१) गोराको डालो (खाद्य र अाैषधीय बिरुवा) :
भाद्र शुक्ल (कहिलेकाहीँ कृष्ण) पञ्चमीदेखि अष्टमीसम्म र थप तीनचार दिन मनाइने सेतीकाली प्रदेशको सबैभन्दा महत्त्वपूर्ण गोरा पर्व (गाैरा पर्व) को मुख्य अाकर्षण गोराको डालोभित्र राखिने वनस्पतिहरू धान, साैँ, तिल, अपामार्ग, कुल्जो वा तितेपाती हुन् । कसैले अपामार्ग वा कुल्जोको सट्टा बल नामक वनस्पति राख्छन् । यसभित्र फलहरू पनि राखिएका हुन्छन् ।
२) बिरुडा (टुसाएकाे पोसिलो खाना र पूजन ) :
बिरुडाका रूपमा मास (Vigna mungo), गुरास वा मस्याङ (Vigna umbellata), गहत (Macrotyloma uniflorum), कलाै (Pisum arvense) र गहुँ (Triticum aestivum ) प्रयोग गरिन्छ ।
पञ्चमीमा बिरुडा भिजाउने, षष्ठीमा धुने, सप्तमीमा गोराघरमा भित्र्याउने र दुब्धागोलाइ सात गाँठा पारिएको सप्तम्या धागोसहित मन्त्रोपचारित गर्ने र अष्ठमीमा दुब्धागो लगाउने गरिन्छ । व्रतालु महिलाहरूले चिरायु र समृद्धिको कामना गर्दै वा अाशीष दिँदै बिरुडाले परिवारका सदस्य, सगोत्री र अन्य अाफन्तहरूको पूजन गर्छन् । जुठो परी बिरुडा हाल्न नपाएका परिवारहरूलाई पातमा पोको पारी बिरुडा दिने राम्रो चलन छ ।
३) महिलाले पनि जनै लगाई सन्ध्या गर्ने :
दुब्धागो (दिव्य धागो वा दुबिधागो) लगाएका महिलाले गायत्री मन्त्र जप्न पाउँछन्।
४) सात्विक पर्व (मांसाहार र मदिरा निषेधित) :
गोरामा व्रत बस्ने र भगवान्का गीत गाइने गरिन्छ र सात्विक खाना खाइन्छ । यस पर्वमा हिंसा, मांसाहार र अन्य विकृति देखिदैन ।
५) साहित्य र संस्कृतिको उत्थान :
मिलेर डेउडा खेलिने हुँदा सामाजिक साैहार्दता बढेको र साहित्य र संस्कृतिको संवर्धन भएको पाइन्छ । डेउडा खेल्दा अाँशु डेउडियाहरूले कठिनकठिन प्रश्नहरू उठाएर सवाल जबाफ र हारजित गर्छन् ।
मन्दिरको नाममा बनाइएका दमाहा (दमाै, बाैँ), झ्याली, भोकर, बिगुल इत्यादि बाजाहरू बजाएर मनोरञ्जन गरिन्छ ।
याे भिडियो अमरगढि नगरपालिका ५ साेल्पारि गाउँको हाे ।
📷️: गाेबिन्द खडायत
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: