के तिमी साँच्चै रामभक्त हौ? | सोध आफैंलाई
Автор: पुरातात्विक
Загружено: 2025-12-27
Просмотров: 156
Описание:
के तिमी साँच्चै रामभक्त हौ? is a reflective Nepali song that explores the idea of dharma beyond rituals and labels. Through references to Ram, Krishna, Sita, Lakshman, and Hanuman, the song invites quiet self-questioning rather than offering answers. It asks what it truly means to live by the values we claim to follow.
(This is part of an ongoing personal exploration through music and poetry)
Lyrics:
तिमी भन्छौ
म बिहान बेलुका पूजा गर्छु
दियो बाल्छु, धूप बाल्छु
राम, कृष्ण, सीता र हनुमानको नाम जप्छु
तिमी भन्छौ - हरे राम
तर एकचोटी सोध्ने हो कि आफैलाई
मेरो बचन के
रामको नामजस्तो सत्य छ?
के मेरो कर्म रामको कामजस्तो निर्मल छ?
राम त नाङ्गो खुट्टा घर छोडेर निस्किए ,
भाइको शान्त राज्याभिषेकका लागि
शान्त वनवासमा हिँडे
र म?
के सम्झिन्छौ आफ्नो जीवन अनि भोगाइ
जग्गा, धन, चारवटा भित्ताको चौडाइ
दाजुभाइबीचको मनमुटावमा
के सम्झिन सके त रामको सिखाई ?
सोध आफैंलाई,
अनि उत्तर पनि
आफैलाई देऊ
के तिमी साँच्चै रामभक्त हौ?
तिमी भन्छौ - हरे कृष्ण
के गुञ्जिन्छ तिम्रो कानमा कृष्णको त्यो वाणी?
जसरी अर्जुनले सुने कुरुक्षेत्रको मैदानमा?
कर्तव्य गर, फलको आशा नगर
फेरि सोध आफैंलाई
कतै तिम्रो कर्म सराहनाको आशमा मात्रै त हैन?
कतै तिम्रो निर्णय डरले प्रभावित त छैन?
कता तिम्रो प्रयास आफन्त र स्वार्थकै सीमामा सिमित त छैन?
तिम्रो प्रार्थना निश्चल प्रार्थना मात्रै कि सम्झौता ?
सोध आफैलाई अनि
उत्तर पनि
आफैलाई देउ ...
धर्म के हो?
त्यो सत्य होइन र
जुन सजिलो छैन, तर गर्नै पर्छ?
धर्म त्यो निर्णय होइन र ?
जहाँ आत्मा जित्छ र अहंकार हार्छ?
तिमी भन्छौ - म धर्ममा चल्छु
तर के धर्म केवल मन्त्र हो?
टिका र धागो मात्रै हो?
कि धर्म
साहस हो, प्रेरणा हो
असहज बाटोमा हिँड्ने शक्ति हो?
विपत्तिमा पनि सत्यको बाटो नछोड्ने धैर्य हो
दुःखमा नआत्तिने, सुखमा नमात्तिने
एउटा समभाव हो कि?
सीताले अग्निपरीक्षा पार गरेर निर्मल रहिन्
लक्ष्मणले रेखा कोरे बाँध्न होइन,
सुरक्षा र एकताको लागि
तर यहाँ छन् हजारौं रेखा
जात, वर्ग, राजनीति,
“हामी” र “उनीहरू” बीच
हामि चोखो, उनीहरु जुठो
हामी शालीन, उनीहरू बदमास
करुणा कहाँ हरायो
आफ्नामात्र होइन
अरूका लागि पनि?
तिमी भन्छौ - जय हनुमान
तर सोध फेरि
आफैंलाई
तिम्रो शक्तिमा कति घमण्ड छ
अनि कति समर्पण?
तिमी भन्छौ - तिमी हिन्दू हौ
तर सोच त
के तिमी रामझैँ सत्यनिष्ठ छौ?
कृष्णझैँ ज्ञानी?
सीताझैँ पवित्र?
लक्ष्मणझैँ इमानदार?
हनुमानझैँ समर्पित?
उनीहरूले भगवान्को नाम नाम जपे जपेनन
तर उनीहरू आफैं दिव्यता बने,
उनीहरू झैँ बाँच्न सके
त्यो नै साँचो पूजा हो कि
भगवान् झैँ सधैं बाँच्न सक्नु
त्यो नै सबैभन्दा ठूलो धर्म हो कि
Credits:
• Music generated using Suno AI
• Chatgpt as a brainstorming buddy for concept
• Original Nepali lyrics and concept by uploader
📌 AI & Copyright Disclosure:
This is an original work created by the uploader.
Music was generated using Suno AI as an AI-assisted music creation tool.
Lyrics, concept, and video are original.
If there are any questions regarding rights or attribution, please contact me and I will address them promptly.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: