दाँत सिरिङ-सिरिङ किन हुन्छ,कसरी उपचार गर्ने? - डा. प्रियंका सिंह राठौंर
Автор: Samaj Dental Hospital
Загружено: 2023-01-12
Просмотров: 2732
Описание:
दाँत सिरिङ-सिरिङ किन हुन्छ, कसरी उपचार गर्ने?
डा. प्रियंका सिंह राठौंर, दन्त चिकित्सक
दाँत सिरिङ-सिरिङ हुनुलाई मेडिकल भाषामा हाइपर सेन्सेटिभिटी भनिन्छ। यसको विभिन्न कारण हुन्छ। दाँतको माथीको क्राउन भाग हुन्छ, त्यसमा इनामेल हुन्छ अनि तल-तल रुट भागमा पनि सिमेन्टम हुन्छ। दाँतको घाटी भाग हुन्छ । त्यहाँ सिमेन्टम र इनामेल हुन्छ। त्यो भागहरु विभिन्न कारणले, जस्तो ब्रस गर्दा मिलेन भने दाँत सिरिङ-सिरिङ हुन्छ। त्यस्तै पेट सम्बन्धी समस्या छ भने, पेय पदार्थहरु खाँदा माथीको इनामेल लेयर हटेर जान्छ। डेन्टीन भन्ने दोश्रो लेयर हुन्छ। त्यसमा डेन्टीनल ट्वीबेल्स भन्ने हुन्छ। त्यसमा नसाहरु बसेको हुन्छ। हाइपर सेन्सेटीभिटीमा त्यो ट्वीबेल्सहरु बाहीरी वातावरणमा एक्सपोज हुन थाल्छ। एक्सपोज भइसकेपछि मान्छेलाई तातो चिसो लाग्ने सिरिङ सिरिङ हुने लगातयका समस्या आउछ।
यसको उपचारको लागि दन्त चिकित्सककहाँ गएर परिक्षण गर्नुपर्छ।कतै झरेको,भाचिएको छ भने त्यसलाई भर्नुपर्छ। दात ब्रस गर्ने तरिकाहरु अपनाउनुपर्छ। ब्रस र मञ्जनपनि दन्त चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ। कुनै पेटको समस्या छ भने उपचार गर्नुपर्छ। समस्याको कारण पत्ता लगायो भने उपचार गर्न कठिन छैन।
दन्त चिकित्सक
डा.प्रियंका सिंह राठौर
समाज डेण्टल हस्पिटल (बसुन्धरा शाखा)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: