लालपुर्जा वितरणको तयारी अवस्थामा सैनामैना ! ९६ वटा कन्ट्राेल प्वाईन्ट स्थापना, नापजाँच छिट्टै
Автор: Sajha Television HD
Загружено: 2021-04-28
Просмотров: 1153
Описание:
सैनामैना नगरपालिकामा सुकुम्बासी तथा अब्यवस्थित जग्गा समस्या समाधान आयोग रुपन्देही र सैनामैना नगरपालिकाले जग्गाको फिल्ड सर्बेका लागि कन्ट्रोल प्वाईन्ट स्थापना गर्ने काम सकिएको छ ।
सोही क्रममा नगरपालिकाका ११ वटै वार्डमा ९६ वटा कन्ट्रोल पोइन्ट राखि सकिएको छ ।
सैनामैना नगरपालिका १० मा राखिएको अन्तिम कन्ट्रोल पोइन्टको बुधवार अवलोकन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जग्गा धनी प्रमाणपुर्जा वितरण गर्ने तयारी स्वरुप पहिलो चरणको काम पूरा भएको प्रतिक्रिया दिनुभयो ।
नगर प्रमुख कार्कीले अव डिकार्ड बनाई डीजिपिएस मेसिनबाट कन्ट्रोल पोइन्टको डाटा लिने जानकारी दिँदै त्यसपछि जग्गाको नापजाँच सुरु हुने बताउनु भयो ।
सैनामैना नगरपालिकाले सुकुम्वासी तथा अव्यवस्थित जग्गा समस्या समाधानमा अरु पालिकाहरु भन्दा अघि बढेर काम गरिरहेको छ ।
#sajha tv #shajha TV HD #sajhapatra सैनामैनामा मुख्य कार्यालय रहेको यो संस्थाले लुम्बिनी प्रदेशबाट अनुमति प्राप्त पहिलो टेलिभिजनको रुपमा साझा टेलिभिजन एच.डी.सञ्चालन गदै आएको छ। यो सँग सँगै साझा पत्र अनलाईन, साझा पत्र युटुव च्यानल पनि सञ्चालन गदै आएको छ। सम्पर्कको लागि ९८५११८४६५३, ९८५७०३२८८६, ०७१–४६५१७४, ४६५१७५, ४६५१७६
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: