Naukunda Gaunpalika II नौकुण्ड गाउँपालिका II Documentary
Автор: Caravan Media Pvt. Ltd.
Загружено: 2019-07-17
Просмотров: 10684
Описание:
प्रदेश नम्वर ३ मा पर्ने रसुवा जिल्लाको सुन्दर गाँउ वस्तीहरुले भरिएको एउटा गाउँपालिका हो, नौकुण्ड गाउँपालिका । मुलुक संघीय संरचनामा गएसंगै २०७३ साल फागुन २७ गते यो गाउँपालिकाको घोषणा गरिएको हो । साविकका यार्सा, सरमथली र भोर्ले गरि तिनवटा गाउँ विकास समितिलाई गाभेर निर्माण गरिएको यो गाउँपालिकाको पूर्वमा गोसाईकुण्ड गाउँपालिका र नुवाकोट जिल्ला, पश्चिममा कालिका गाउँपालिका , उत्तरमा गोसाईकुण्ड गाउँपालिका तथा दक्षिणमा नुवाकोट जिल्लासंग सिमाना जोडिएको छ । ६ वटा वडामा विभाजन गरिएको गाउँपालिका १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गाउँपालिकालाई यहाँका ११ हजार ८२४ जनसंख्याले मानव संसाधनमा जिल्लाकै सबल गाउँपालिका बनाएको छ । यसका अतिरिक्त गाउँपालिकामा रहेका नदी नाला, वन एवं कृषि योग्य भूमिले गाउँपालिकालाई सम्बृद्ध बनाउने र विकासलाई सकारात्मक दिशा तर्फ डोर्याइरहेका छन् ।
गाउँपालिकामा विद्यमान गरिबी, अशिक्षा, पर्याप्त संचार सुविधाको अभाव, उद्योग कलकारखानाको अभाव,सरसफाई सम्बन्धि जनचेतनाको अभाव,परम्परागत र निर्वाहमुखी कृषि प्रणाली,सडक संजालको पर्याप्त विस्तार नहुनु, सक्षम जनशक्तिको विदेश पलायन, बाल विवाह जस्ता समस्याले यस गाउँ पालिकाका लाई गाँजेको छ । विगत लामो समय देखि विद्यमान रहेका यस्ता समस्याहरुलाई चिर्दै स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधीले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा विकासको कामलाई अघी बढाएका छन् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: