शहीद मेला shahid mela 2080
Автор: madhesh janbidrohsamiti
Загружено: 2024-01-28
Просмотров: 96
Описание:
केही जसपाका कार्यकर्ताले मधेशी सहिद लाई अपमान गर्दै : मजविस पटेल
कलैया, बारा।
केही जसपाका कार्यकर्ताले मधेशी सहिद लाई अपमान गर्दै गरेको मधेश जनबिद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेल शहिदहरुको सम्मान कार्यक्रममा बताएका छन्। हरेक वर्ष झै यश वर्ष पनि आफ्नै गाउँ परवानीपुर गाउँपालिका वडा न. ५ बहुवरीको वडा कार्यालयको छेउमा वृक्षारोपण गरि सहिद बाटिका नामाकरण गरिएको ठाउँमा हरेक वर्ष माघ ५ गते मेलाको आयोजना गर्ने गर्छन्। सोही कार्यक्रम लाई यश पाली पनि निरंतरता दिदै विभिन्न रचनात्मक कार्यक्रम गरि शहिदहरु लाई बोलाई सम्मान गरेका छन्।
हरेक वर्ष पटेलले मधेशका मसिहाहरुले सुरुमा आफ्नो पार्टीको विधानमा उल्लेख गरेका थिए तर आजको समयमा सबै मसिहाहरु छोडेका कुराहरू लाई उठाउने गरेका छन्। समग्र मधेश एक स्वायत प्रदेश लागु गर्नु पर्ने, आत्मनिर्णयको अधिकार लागु गर्ने पर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणली लागु गर्नु पर्ने, भौगोलिक, भाषिक, साँस्कृतिक एकरुपताको निर्वाचन क्षेत्र गठन गर्नु पर्ने, संविधानको पूर्णलेखन गर्नु पर्ने, क्षेत्रिय भाषा सँस्कृतिको संवैधानिक प्रत्याभुति गर्नु पर्ने, प्रत्येक निकायमा मधेशको समानुपातिक प्रवेशको प्रत्याभुतिको माग समेत गर्दै आएका छन् ।
बलिदानी दिवसको अवसरमा आयोजित सो कार्यक्रममा मधेश जनबिद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेलले मधेश आन्दोलनको नाम भजाएर भोट लिएका राजनीति दलका नेताहरुले मधेशलाई कमाई खाने भाडो मात्र बनाएको आरोप लगाए । सो अवसरमा मधेश आन्दोलनका शहिद परिवारहरुको घरमै पुगेर आफुहरुले हरेक वर्ष सक्दो सहयोग गर्ने गरेको चर्चा गर्दै देशमा गणतन्त्र आए पनि अनियमित्ता, भ्रष्टाचार, बेतिथिहरु बढदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
उनले समग्र मधेश एक स्वायत प्रदेश लागु गर्नु पर्ने, आत्मनिर्णयको अधिकार लागु गर्ने पर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणली लागु गर्नु पर्ने, भौगोलिक, भाषिक, साँस्कृतिक एकरुपताको निर्वाचन क्षेत्र गठन गर्नु पर्ने, संविधानको पूर्णलेखन गर्नु पर्ने, क्षेत्रिय भाषा सँस्कृतिको संवैधानिक प्रत्याभुति गर्नु पर्ने, प्रत्येक निकायमा मधेशको समानुपातिक प्रवेशको प्रत्याभुतिको माग समेत गरेका थिए ।
समितिका केन्द्रिय सदस्य अजय पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि शहिद धर्मराज सिंहका बुवा प्रभु सिंह, विश्व हिन्दू महासंघ पर्साका अध्यक्ष नन्दन भारतद्वाज, समाजसेवी रामेश्वर पटेल, समितिका सदस्य गणेश साह कानु, ललन पटेल, यज्ञदेव शास्त्री, पर्सा खेलकुद संघका प्रशिक्षक बिशेश्वर पटेल लगायतकाले आ–आफ्ना मनतव्य व्यक्त गरेका थिए ।
मधेशका मसिहा आफुलाई चिनाउने पार्टी जसपाले आफै बलिदानी दिवसको रुपमा मनाउने गर्छन् तर सोही वडाका जसपा बाट वडा अध्यक्षको रूपमा दोश्रो पटक निर्वाचित भएका रामेश्वर साह कलवारले उक्त वृक्ष लाई विकासको नाममा विनाश गरि मासेको तथा उक्त स्थान लाई नालाको पानी बाट दुशित गरि शहिद हरुलाई त्यही फोहरमा बस्न बाध्य बनाउने कार्य गरि अपमान गर्ने गरेको पटेलले बताए। जबकी वडा अध्यक्ष कलवारले पर्यावरण संरक्षणका लागि एउटा पनि विरुवा नलगाएको आफै स्विकार्दै आएका छन्। यसर्थ यस्ता संकिर्ण सोछ भएका प्रतिनिधि लाई समयमै कार्यवाही नगरे सबै अपमानको यस(श्रेय) जसपाकै इशारामा भएको भन्ने बुझिने कुरा रहेको पटेलले बाताए। अर्थात जसपाको नाम बदनाम गर्ने प्रतिनिधि रहेकोे पटेलको भनाइ रहेको छ।
उक्त अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न स्कूलका विद्यार्थीहरु बीच १००० मिटरको दौड प्रतियोगिता समेत सम्पन्न भएको थियो । सो प्रतियोगितामा प्रसौनी गाउँपालिका वडा नं. १ का अमरेन्द्र पटेल प्रथम, पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ स्थित बर्वाछटौली माध्यमिक विद्यायका मुमताज अंसारी द्वितिय र सोही स्कूलका सदाम अंसारी तृतिय स्थान हासिल गरेका थिए । विजयीहरु लाई कार्यक्रमका अध्यक्ष पटेलले गम्छा ओढाई शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम सञ्चालन रोशनी पटेलले गरेकी थिईन् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: