बादलुको देशैमा
Автор: Prakash Chhetri
Загружено: 2026-01-07
Просмотров: 221
Описание:
सुसमचारीय गीत : बादलुको देशैमा...
स्वर : एग्नेश लेप्चा ।
संगीत संयोजन : नोएल फिपन ।
शब्द/संगीत : प्रकाश क्षेत्री ।
रेकर्र्डिङ्ग/मास्टरिङ्ग/भिडियोग्राफी : उपासना मल्टिमेडिया ।
....................................................................................
बादलुको देशैमा
बादलुको देशैमा, भुरुरुरु उड्न मन लाग्यो
हिरा मोती सुनको बाटोमा, गुड्न मन लाग्यो
बेथलेहेमको भेंडी गोठ, सजिएका डुँडहरू
सित्तैमा अनन्त जीवन, बास बस्ने गुँडहरू
येशूको महिमामा नाँच्दै, उफ्रन मन लाग्यो
हिरा मोती सुनको बाटोमा, गुड्न मन लाग्यो
बादलुको देशैमा...
हात पाउ कोखामा, रोपिएका घाउहरू
पाप क्षमा उद्वार मुक्ति, तैराउने नाउहरू
इन्द्रेणीको घुम्टोमा सुटुक्कै, बुड्न मन लाग्यो
हिरा मोती सुनको बाटोमा, गुड्न मन लाग्यो
बादलुको देशैमा...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: