उपवास/ब्रत बस्ने सहि तरिका र फाइदा II How To Do Proper Fasting II Fasting Benefits By Yogi Prem
Автор: Yogi Prem
Загружено: 2019-03-30
Просмотров: 56660
Описание:
Thanks for watching. Please Subscribe our channel and Get More Health Videos. आजको यस भिडियोमा म तपाइहरुलाइ उपवास/ब्रत बस्ने सहि तरिका र फाइदाको बारेमा जानकारी दिन गइरहेको छु ।
कसैलाई स्वास्थ्यको हिसाबले र कसैलाई धार्मिक हिसाबले ब्रत यानी उपवास बस्न रहर लाग्छ भने कति जानालाई भोकै बस्ने काम पाहाड चड्न भन्दा गारो लाग्छ । रहर लाग्नेहरुले पनि सहि जानकारीको अभावमा गलत तरिकाले ब्रत बस्नुहुन्छ जसको कारणले फाइदा भन्दा बेफाइदा ज्यादा हुने गरेको छ । अर्को भ्रम के पनि छ भने उपवास भनेको महिलाले मात्र बस्ने हो पुरुषलाइ त यसको आवश्यकता नै छैन भन्ने पनि गलत मान्यता रहेको पाइन्छ । के तपाइ ब्रत बस्न मन पराउनु हुन्छ कि मन पराउनु हुन्न ? जे भएपनि आजको यो भिडियो हेरेपछि ब्रत सम्बन्धि तपाइलाई सहि जानकारी मिल्नेछ त्यसपछि ब्रत बस्न मन नपराउनेहरु पनि सजिलै ब्रत बस्न सक्नुहुनेछ भन्ने मैले विश्वास गरेको छु ।
उपवास बस्नुभन्दा पहिला उपवास भनेको के हो र यसको महत्वको बारेमा बुझ्न आवश्यक छ । जसरी बाँच्नको लागी खानाको आवश्यकता पर्दछ त्यसैगरी शरीरको आन्तरिक शुद्धिकरणको लागि उपवास बस्न जरुरी छ । सबै ग्रन्थहरुमा लेखिएको छ कि मानव शरिर पंचतत्व मिलेर बनेको छ, यानी ५ वटा तत्व जसमा अग्नी, जल, बायु, पृथ्वी र आकाश तत्व मिलेर बनेको छ । जसरी काठको मरमत काठ बाटै हुन्छ, कपडको मरमत कपडा बाटै, सुनको सुनबाटै अनि फलामको मरमत फलामबाटै हुन्छ त्यसैगरी मानव शरीर पनि तिनै पंच तत्व असन्तुलन हुँदा रोगी हुन्छ र त्यहि पंच तत्वलाई मरमत यानि सन्तुलित बनाउदा स्वस्थ हुन्छ । पंच तत्वको अग्नी, जल, वायु र पृथ्वी तत्वको बारेमा सबैलाइ थाहा छ तर यो आकाश तत्व भनेको चाँही कुन चराको नाम हो ? सायद धेरैलाइ थाहा नहोला । त्यहि कारणले हामी भिटामीन, प्रोटिन, कयाल्सियम त खोज्छौँ तर आकाश तत्वलाई लिने हामी प्रयासनै गर्दैनौँ । आकाश तत्व चाँही उपवास बाट मिल्दछ । यो तत्वले पेटलाई आकाश जस्तै खाली र सफा बनाउने काम गर्दछ । सबै धर्मग्रन्थहरुमा उपवास यानी ब्रतको महिमा गाइएको छ । पौष्टिक खाना खानु जति महत्वपुर्ण छ उपवास बस्नु पनि त्यति नै महत्वपुर्ण छ ।
उपवास बस्ने भन्ने वित्तीकै दिनभरी भोकै बस्नु पर्छ भनेर डराउनु भएको छ भने नआत्तिनुस म यस्तो पनि तरिका बताउछु कि तपाइको उपवास पनि हुन्छ र तपाइलाइ धेरै भोक पनि महसुस हुँदैन । उपवास बस्दा हप्तामा १ दिन पेट खाली राख्नु स्वस्थ्यको हिसाबले राम्रो मानिन्छ । सक्नुहुन्छ भने मनतातो पानी मात्रै पिएर १ दिन उपवास बस्नु सबैभन्दा उत्तम मानिन्छ (यसलाई जलआहार ब्रत भनिन्छ) यो ब्रत बस्ने पहिलो तरिका हो यदि सक्नु हुन्न भने पनि अरु सजिला उपायहरु छन ।
यदि तपाई मंगलबार उपवास बस्ने हो भने सोमबार बेलुका नियमित सन्तुलित खाना खान सकिन्छ । र मंगलबार दिन भरी खाना खानु हुँदैन । बिहान एक गिलास कागति पानीमा २ चम्चा मह मिसाएर पिउनु पर्छ । र दिनभरी इच्छा अनुसार कागति पानी पिउन सकिन्छ, हरीयो नरिवलको पानी पिउन सकिन्छ, लौकाको तरकारीको रसमात्र पिउन सक्नुहुन्छ, स्याउ,सुन्तला,अनार,उखु आदीको जुस पनि पिउन सक्नुहुन्छ । यसरी रस पिउदा पेट लाइ लोड पनि हुँदैन र तपाइलाइ भोक पनि महसुस हुँदैन तर एकपटक मा १ गिलास भन्दा धेरै पिउनु हुँदैन र १,२ घण्टाको फरकमा मात्र अर्को पटक पिउन सकिन्छ । (यस प्रकारको ब्रतलाइ रसआहार ब्रत भनिन्छ ) यो दोस्रो तरिका हो । र यो पनि गारो भएको अवस्थामा तेस्रो तरिका छ जसलाइ फलआहार भनिन्छ यसमा चाँही विहान रसआहार लिने र दिउँसो काँचो सलादहरु खाने र बेलुका फेरी रसआहार या फलफुल लिन सक्नुहुन्छ ।
यसरि हप्तामा १ दिन आफ्नो इच्छा अनुसार उपवास बस्नुपर्छ । मंगलबारको १ दिनको ब्रत बसिसकेपछि भालीपल्ट बुधबार विहान बाट नियमित सन्तुलित खाना खान सकिन्छ । यदि हप्तामा १ दिन पेटलाइ आराम नदिने हो भने तपाइको शरिर भित्र सँधै फोहोर जमीरहने छ र विभिन्न किसीमका रोगहरुले तपाइलाइ सताइरहने छ ।
उपवास/ब्रत बस्ने सहि तरिका र फाइदा II How To Do Proper Fasting II Fasting Benefits By Yogi Prem / Perfect ways of Fasting for man and woman in nepali , Brata basnu ko faida, upawas ko faidaharu, what happens when you fast, fasting effects on body, Fasting therapy and idea, intermittent fasting and weight loss.
#Fasting #Upawas/Brata #YogiPrem
Music provided by Nocopyrightsounds.
Watch: • Видео
Keep Watching..!! Keep Supporting..!!
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: