दोस्रो रङ्गटोली गोल्ड कप २०८२ को आजको खेल पटनाली फिट्बल क्लब Vs बिराट मेघा स्पोर्ट्स एकेडेमी
Автор: Gramthan Update
Загружено: 2026-02-13
Просмотров: 151
Описание:
रंगटोली युवा क्लबको आयोजनामा दोस्रो रंगटोली गोल्डकप फुटबल प्रतियोगिता आज देखि सुरू भएको छ । प्रतियोगिता फागुन १ गतेदेखि ९ गते सम्म संचालन हुने भएकाेछ ।
उक्त प्रतियोगिता ग्रामथान गाउँपालिका–३ मा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयको खेल मैदानमा हुदैछ । प्रतियोगिताको विजेता टोलीले नगद रू १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उप विजेता टाेलिले नगत रू ६५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ आयोजक समितिले जनाएको छ। आजकाे उद्घाटन खेलमा पटनाली फूट्बल क्लबले बिराट मेघा स्पोर्ट्स एकेडेमी सहिद रंगशाला बिराटनगरलाई २–१ गोल अन्तरले पराजित गर्दै पटनाली फूट्बल क्लब विजयी हासिलगरेका छन। उक्त उद्घाटन खेलकाे सभापति क्लबका अध्यक्ष झलक भगत प्रमुख अतिथी निर्वाचन क्षेत्र न. ४ मोरङका प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्रि अमन लाल मोदी, गाँउपालिकाका अध्यक्ष नमाे नारायण माझी, ग्रामथान वडा नं. ३ का वडा अध्यक्ष रमेश कुमार भगत, शारदा स्कुलका प्रिंसिपल संजय कुमार मण्डल, जनक स्कुल प्रिंसिपल सुनिल भगत, क्लबका सदस्य, स्थानिय जनप्रतिनिधी लगायतका उपस्थिति रहेको थियो ।
प्रतियोगितामा भाेलि चुलाचुली एफसी, आयोजक रंगटोलि युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: