बागमतीको बाढीले तहसनहस बन्यो सुकुम्बासी बस्ती, छैन रातको जोहो! भन्छन्- अहिलेसम्म यस्तो देखेकै थिएनौं
Автор: Kendrabindu News
Загружено: 2024-09-28
Просмотров: 321791
Описание:
मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएका छन् । अविरल वर्षासँगै काठमाडौँका बागमतीलगायत नदीमा बाढी उर्लिएको छ । खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको बढीको मृत्यु भएको छ । केही हराइरहेका छन् भने खोजी कार्य पनि जारी छ । बाढीमा फसेका केहीले उद्धारका लागि हारगुहार गरिरहेका छन् । त्यसका लागि काठमाडौैं महानगरपालिकालगायतबाट रेस्क्यू टोली पनि परिचालन भएका छन् । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् । यसैगरी च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । बाढीले थापाथली र कुपन्डोल आसपासका तटीय क्षेत्रलगायत सडकहरुपनिजलमग्न भएको छ ।जनजीवन अस्तव्यस्त छ ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पनि प्रभावित भएको छ ।
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2024
---------------------------------------------
Stay connected with us:
Website → https://kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: