खेति गर्नमा सबैभन्दा सजिलो भुई कटहर खेती गरेर ,यसरि लखपति बन्नुहोस/ sathi.com
Автор: Sathi. com
Загружено: 2018-08-31
Просмотров: 74496
Описание:
नमस्कार म दिपेन्द्र अश्रुमाली आज मैले फलफूल मध्यकै सबैभन्दा धेरै बिक्री हुने तर नेपालमा एकदम कम खेती गरिएको भुईकटरको खेति कसरी गर्ने र यसको नेपालमा कतिको सम्भावना छ भन्ने कुराको केही जानकारि दिदैछु ।
अन्तिमसम्म हेर्नुहुनेछ भन्ने आशाको साथमा यो जानकारी हजुरहरुकोको लागि,
यो त भयो खेतिको बारेमा,अब कुरा गरौं यसको सम्भावना र बजारको बारेमा,
भुईकटर खेतिको नेपालमा एकदम धेरै सम्भावना हुदाहुदै पनि हामीले अहिलेसम्म भुईकटर खेती गर्नतिर ध्यान नदिनाले अहिलेसम्म हाम्रो बजारमा हरेक बर्ष अरबौको भुईकटर बिदेसबाट ल्याएर हामीले खाने गरेकाछौं ।
तर हामीले हाम्रो खाली जग्गामा खेती गर्नतिर कहिल्यै सोचेनौं ,सोचेउ त बिदेश गएर पैसा कमाउने र धनि हुने ,
हाम्रो यहीँ बिदेस गएर मात्र पैसा कमाउन सकिन्छ भन्ने मानसिकताले गर्दालेनै । हामीले आफ्नो गाउघरमानै बसेर आफ्नै माटोमा पैसा फलाउन सकिने आईडिया लगाउन कहिल्यै सकेनौ ।
त्यही कारणले गर्दा अहिले हामी गरिब भएकाछौं । आफ्नो उर्बर भुमी बाझो राखेर बिदेशमा उत्पादन भएको खानेकुरा ल्याएर हाम्रो भान्सा भरेकाछौ ।
अब हामीले आफ्नो बारिमा केको सम्भावना छ त्यस्को खेति गरेर
पैसा आफ्नै माटोबाट कमाउनेतिर पनि सोच्न सकेमा एकदम राम्रो हुनेछ ।
अब भुईकटहर खेतीकै कुरा गरौं भुई कटरको अहिलेको बजार मूल्य होलसेलमा सय रुपैयाँ भन्दा बढी छ ।
यसको मतलब हामीले एक रोपिनी जग्गामा भुईकटर लगाउने हो भने हामीले कम्तिमा पनि लाख भन्दा माथी ,कमाउन सकिन्छ ।
तपाहरुको जग्गामा भुईकटर खेती हुन्छ भने यो खेती गरेर पैसा कमाउने तिर पनि सोच्नुहोला ।
भुईकटर खेती गर्न भन्दा पहिला आफ्नो नजिक पायक पर्ने कृषि कार्यलयको कर्मचारीहरुसँग राम्रोसँग सल्लाह र सुझाव लिएर , खेती गर्नुहोला,
खेति गर्नु भन्दा अगाडि कृषि मन्त्रालय कृषि कार्यलयमा यसको बारेमा बुझेर काम गर्दा झनै राम्रो हुनेछ । यदि भुईकटरको बारेमा बुझ्न चाहानुहुन्छ भने कृषी बिभाग हरिहर भबनको नम्बर स्कृनमा दिएको छु कल गरेर बुझ्नुहोला भन्दै म दिपेन्द्र अश्रुमाली हजुरहरुबाट बिदा हुन चाहान्छु हस्त नमस्कार ।
भुईकटरको बारेमा बुझ्न चाहेमा कृषि बिभाह हरिहण भबन ललितपुरमा कल गरेर बुझ्नुहोला
०१५५२१३२३ (महा–निर्देशक)
०१५५२१३५६ (प्रविधि विस्तार तथा समन्वय)
०१५५२४२२९ (योजना शाखा)
०१५५२४२२६ (अनुगमन तथा मूल्यांकन शाखा)
नोटिस वोर्ड नम्बरस् १६१८०१५५२१३५६
Website: www.doanepal.gov.np
Email: [email protected]
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: