भाषण प्रतियोगिता //प्रिसा सुब्बा // SPEACH COMPITION//PRESSA SUBBA FROM MORNING GLORY SCHOOL
Автор: SAMSING SEROFERO
Загружено: 2025-08-21
Просмотров: 608
Описание:
३४औँ नेपाली भाषा संवैधानिक मान्यता दिवस सम्पन्न
सामसिङ, २० अगस्ट।
सामसिङ साहित्य सृजन समूह र सामसिङ-१ प्राथमिक पाठशालाको संयुक्त आयोजनामा ३३औँ नेपाली भाषा संवैधानिक मान्यता दिवस भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम समाजसेवी निर्मला दियालीको अध्यक्षतामा सम्पन्न भएको हो।
समारोहको प्रमुख आकर्षणमा माध्यमिक तहका विद्यार्थीबीच भाषण प्रतियोगिता तथा प्राथमिक तहका विद्यार्थीबीच आवृत्ति पाठ प्रतियोगिता राखिएको थियो।
आवृत्ति प्रतियोगितामा प्रथम—अलियाना रोय (यङटङ प्राथमिक पाठशाला), द्वितीय—श्रेया छेत्री (प्याडाइज स्कुल) र तृतीय—रेहान भुजेल (चिलाउने एफभी प्राथमिक पाठशाला) विजयी बने।
भाषण प्रतियोगितामा भने प्रथम—प्रिसा सुब्बा, मर्निङ ग्लोरी स्कुल द्वितीय—एकता थापा, गार्डेन वुड एकाडेमी र तृतीय—स्वरूप मंगर मर्निङ ग्लोरी स्कुल घोषित भए।
कार्यक्रममा श्रीमती बबी लामा र श्रीमती बिनिता चामलिङले “नेपाली भाषा मान्यता पछि व्यवहारिकता” विषयमा गहन वार्ता प्रस्तुत गर्दै महिलाको भूमिका र प्राथमिकतामाथि विशेष प्रकाश पारे।
समारोहमा प्रमुख अतिथि शिक्षिका शान्ती प्रधान, विशिष्ट अतिथि बबी लामा, बिनिता चामलिङ, रुपा बराइली, बसन्ती सुब्बा, उन्नति आले, निकी प्रधान, सन्जुला राणा, निता प्रधान, करिश्मा विश्व, निलु मंगर, सुप्रिया राई लगायतका महिला व्यक्तित्व उपस्थित थिए। साथै कवि धनवीर राई, पाष्टर उत्तम प्रधान, शिक्षक पीआर राई, प्रितम राणा, टीबी राणा, अमितराज भुजेल, ललित प्रधान, विष्णु राई, गगन प्रधान र समाजसेवी बद्री नारायण प्रधान, सीबी थापा, श्याम थापा, दिपेन योगी, अर्जुन चामलिङ राई, पेमा पाख्रिन, रोजन प्रधान, प्रयास राई, मोहित तामाङलगायतको उल्लेख्य सहभागिता रह्यो।
कार्यक्रममा राजेश भूजेल, रोजेश राई, बिना छेत्री, उदय कटवाल र रोजन प्रधानले कविता वाचन गरी वातावरणलाई अझ रोचक बनाए। त्यस्तै पाष्टर उत्तम प्रधान र निर्मला दियालीले प्रेरणादायी सम्बोधन गरे।
समारोहको सञ्चालन रोजेश राई र राजेश भूजेलले गरेका थिए भने स्वागत रोजन प्रधानले र धन्यवाद ज्ञापन उदय कटवालले गरेका थिएl
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: