Dzi Beads in Nepal || Matti mala || Antique Stone beads
Автор: Jpani
Загружено: 2022-08-21
Просмотров: 34757
Описание:
यो बहुमुल्य ढुंगाबाट प्राचिन कालको मानिसहरुले रसायन पदार्थहरु लगाई आगोमा तताई भट्टीबाट विभिन्न रंग रुप दिई घेरा लगाई आकर्षक देखिने गरी बिचमा डोरी हाल्ने सानो प्वाल बनाइएको हुन्छ।दुलो बांगो हुनु र यसमा रगतको छिर्का जस्तै हुनु यसको ओरजिनल भएको पुष्टी हुन्छ।यो नेपालको विभिन्न स्थान देखि भारत,पाकिस्तान,भुटान,सिक्किम,
अफगानिस्तान,चिन,तिब्बत,मंगोलिया,मलेसिया,इराक,ताइवान,रसिया समग्रमा विश्वको पुरानो देशहरुमा पाइने जानकारी छ।प्राचिन समयमा सुरक्षाको लागि बैंकहरु नभएको हुनाले आफ्नो सम्पतिको सुरक्षाको लागि माटो मुनी गाडेर राखेको भएर गाडधन अथवा हाल माटो मुनी पाइएको भएर मट्टीमाला भनी भन्ने चलन छ।उ बेला जो व्यक्तिको सम्पति उ मरे पश्चात उसैलाई खाल्डोमा संगै हाल्दिने प्रचलन रहेकोले पनि माटो मुनी पाइने गर्दछ।किराती परम्परा अनुसार कसैको छोरीचेली मनपराएर माग्नु जादा आफूसंग भएको सम्पती माला केटीको बुवा अथवा माइतीलाई सुम्पिएर केटी दिए लान पाउने चलन थियो।पछि दुल्हन फर्किदा आमाले केटीलाई घरको अवस्था बुझेर फेरि फिर्ता फर्काउने चलनचल्ती रहेको भन्ने मुन्दुममा उल्लेख गरिएको छ।
डा. हरिभक्त उपाध्य्य बहुमुल्य रत्न विशेषज्ञ बाको किताब (नेपाल रत्न)दोश्रो संस्करणमा उल्लेख गरे अनुसार श्रोत-डिल्लीजंग गुरुङ्गको अनुसार यो त्यो समयमा अन्तराष्टीय मुद्राको रुपमा चलनचल्तीमा रहेको जानकारी छ,जति बेला नोट,सिक्काको चलन थिएन।जेमोलोजिस्ट अझै पनि चकित छ यो के केमिकल लगाई बनाइएको थियो भनेर यसको नक्कल ताइवानले गर्न खोजे पनि पुरानो जतिको अझै बनाउन नसकेको हुनाले यसको मुल्य बढ्दो क्रममा छ।यो ढुंगाको जात हेरी पारदर्शिता,रंग,आकार,प्रकार,स्पष्टता र साइज हेरी मुल्यको निर्धारण गरिएको देखिएको छ।यो ऐतिहासिक बस्तुको संरक्षण गरिनु र संग्राहलय बनाई भोलिको पुस्तालाई अध्यन,अनुसन्धान गराई यसलाई पुर्णजिवन दिई उत्पादनमा निरन्तरता दिई र पर्यटकीय हिसाबले राष्ट्रको आय आर्जनमा टेवा पुराउनु सक्ने देखिन्छ,यो आज र भोलिको आवश्यकता देखिन्छ।सुनिन्छ अरु देशको भन्दा नेपालमा पाइने मालाको ढुंगाको गुणस्तर राम्रो छ भनेर त्यसो त नेपालमा पाइने बहुमुल्य रत्न पत्थरको गुणस्तर तुलनात्मक रुपमा अरु देशको भन्दा उच्च छदैनैछ र यो कौडीको भाउमा विदेशिन्छ र त्यहा पोलिस,कटिङ रंगरोगन गरी नेपाल ल्याई उच्च मुल्यमा बिक्री भइरहेको जानकारी छदैछ।
नोट:पुरानो मालाको बारेमा जानकारी लिन र दिन परेमा 9804760063 मा सम्पर्क गर्न सक्नुहुनेछ....
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: