Nepali poem /" म हुँ " by prajwal sedhai
Автор: Prajwal Sedhai
Загружено: 2020-07-04
Просмотров: 694
Описание:
लेखन /वाचन -- प्रज्वल सेढाई
Facebook page link...... 👇
/ 103602407969215
............................" म हुँ "...................................
तिमी को हौँ भनी
मलाई कहिल्यै नसोध
आफूले घामपानी सहेरै भएपनि
तिम्रो लागि कहिले छाहारी
त कहिले ओत बनी दिने
त्यो रुख म हुँ l
ढुङ्गाले जति हाने पनि
फल फलाउन नछोड्ने
चोटलाई नै आफ्नो सेवाको
उपहार सम्झी
सधै लटरम्म फल्ने
त्यो रूख म हुँ l
तिमी आफ्नो हुने छैनौं
भन्ने वास्तविकतालाई
बुझ्दा बुझ्दै पनि
तिम्रो खुसिको लागि
आफ्नो गला रेटी
बलि चढाउन तयार हुने
मान्छे म हुँ l
तिमी लड्दा तिमीमा लागेका
धुलो पखाल्न आउने
ती बारिशका हर थोपा
आफ्नो आखाबाट वर्षाउने
मान्छे म म हुँ l
तिमी को हौ भनी
मलाई कहिल्यै नसोध
तिमीले जति नै टाढाको सोचे पनि
सधै तिमीलाई न्यानो माया
पठाई रहने त्यो घाम म हुँ l
मायाको ताप धेरै भयो कि
भनेर शितलता प्रदान गर्न आउने
त्यो जुन म हुँ l
तिमीलाई कति माया गर्छु भनेर
शब्दले व्यक्त गर्न नसकेपछि
तिमीले हेर्ने आकाशमा
अनगिन्ती संख्यामा आउने
त्यो तारा म हुँ l
तिमी को हौँ भनी मलाई कहिल्यै नसोध
आँखा खोल्दा अनि आँखा बन्द गर्दा
सधैं तिम्रै सपना देख्ने मान्छे म हुँ l
तिमीले नदेखे पनि
सधै तिमलाई स्पर्श गर्ने
ती हावा म हुँ l
तिमीले आफूले आफैलाई
ऐनामा हेर्दा नदेख्ने
तिमीलाई चिनेको
मान्छे म हुँ l
त्यसैले
तिमी को हो भनी
मलाई कसैले नसोध l
#prajwalsedhai #ma_hu #nepali_poem #prajwal #sedhai #nepali_liteture
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: