निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी स्वमूल्याङ्कन कार्यविधि मस्यौदा एकदलीय निरङ्कुशताको पूर्वाभ्यास
Автор: newspolar
Загружено: 2025-08-15
Просмотров: 1
Описание:
नेकपा (माओवादी केन्द्र)का सांसद श्रीकृष्णप्रसाद अधिकारीले निर्वाचन आयोगले ल्याएको राजनीतिक दलसम्बन्धी स्वमूल्याङ्कन कार्यविधि मस्यौदा दलको स्वतन्त्र प्रतिष्पर्धा र बहुदलीय व्यवस्थामाथि अंकुश लगाउने प्रयास भएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद अधिकारीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले राजनीतिक दलसम्बन्धी स्वमूल्याङ्कन कार्यविधिको मस्यौदा साना दलहरूको स्वतन्त्रता समाप्त पार्ने र हिजोको एकदलीय निरङ्कुशता पुनःस्थापित गर्ने उद्देश्यले ल्याइएको दाबी दाबी गर्नुभयो । उहाँले निर्वाचन आयोगजस्तो स्वतन्त्र र निष्पक्ष संस्थाबाट यस्तो मस्यौदा आउनु लोकतान्त्रिक मूल्य र प्रणालीमाथि प्रत्यक्ष प्रहार भएको टिप्पणी गर्नुभयो । सांसद अधिकारीले मस्यौदा राजनीतिक दल सञ्चालन ऐन, २०६३ को दफा ६१ लाई आधार बनाएर ल्याइएको भनिए पनि सो ऐनले केवल कार्यान्वयनका लागि कार्यविधि वा निर्देशिका बनाउन दिने व्यवस्था गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दलीय स्वतन्त्रता र राजनीतिक दलहरुबीचको स्वतन्त्र प्रतिस्पर्धामाथि अंकुश लगाएर हिजोकै एकदलीय निरङ्कुशताको हस्को आउनेगरी साना दलहरुको स्वतन्त्रता छिनेर समाप्त पार्ने हेतुले निर्वाचन आयोगजस्तो स्वतन्त्र र निष्पक्ष रहनुपर्ने संस्थाद्वारा स्वमूल्याङ्कन कार्यविधि मस्यौदा आएको छ । राजनीतिक दल सञ्चालन ऐन, २०६३ को दफा ६१ लाई आधार बनाएर मस्यौदा ल्याएको भनिएको छ । तर राजनीतिक दल सञ्चालन ऐनमा सो ऐन कार्यान्वयनका लागि मात्र कार्यविधि र निर्देशिका बनाउन सक्ने प्रावधान छ । छुट्टै उद्देश्य र प्रयोजनका लागि कार्यविधि र निर्देशिका बनाउन यो ऐनले छुट दिएको छैन । विधायन ऐन विपरित प्रत्योजित विधायनलाई प्रत्योजन गरेर प्रशासनिक संरचना खडा गरी छुट्टै सेवा सुविधा तोक्ने जस्ता विपरित कार्यहरु मस्यौदामा प्रश्ताव भएर आएका छन् । ऐन निर्माणको संसदीय सर्वोच्चताको मर्यादामाथि हस्तक्षेप गर्ने अधिकार निर्वाचन आयोगलाई छैन । र हुनु हुँदैन । राजनीतिक दलको मूल्याङ्कन र अनुगमनको अधिकार सार्वभौम जनताको अधिकार हो । जनताले आफ्नो अभिमतद्वारा फैसला गर्नेछ । ’
कार्यविधि मस्यौदामा ऐन विपरीत प्रशासनिक संरचना खडा गर्ने र सेवा–सुविधा तोक्ने प्रस्ताव रहेको भन्दै सांसद अधिकारीले आपत्ति जनाउनु भयो ।
Visit our Website: https://www.newspolar.com/
Facebook: / newspolar
Twitter: / newspolaronline
Tiktok: / newspolar2018
--------------------------------------------
© News Polar
---------------------------------------------
Stay connected with us:
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ @newspolar
------------------------------------------
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: