बदलिएको काँग्रेसले अब यो देश बदल्छः गगन थापा || DESHSANCHAR SAMACHAR ||
Автор: Deshsanchar
Загружено: 2026-01-23
Просмотров: 175
Описание:
१ । कांग्रेस सभापति गगन थापाले पदभार ग्रहण गर्दा देश बदल्ने अठोट गरेका छन्। विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाले शुक्रबार पार्टी कार्यालय सानेपामा पदभार ग्रहण गर्दा कांग्रसपछि देश बदल्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। पुस २७ गते सुरु भएको कांग्रेसको दोस्रो महाधिवेशनले थापालाई नेतृत्वमा स्थापित गरेको थियो।
२ । राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन्। बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन्।
३ । देशकै अभिभावकीय भूमिका निर्वाह गर्न आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको दाबी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेका छन्। गोरखा–२ मा आफू संरक्षक रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दिएका भट्टराईले शुक्रबार फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनुअघि विभिन्न दलका नेता तथा नागरिकहरुसँग परामर्श गरेका बाबुरामले सबैको चाहनाअनुसार आफू अभिभावकीय भूमिका निर्वाह गर्न सांसदको चुनाव नलड्ने घोषणा गरेका हुन्।
४ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपालाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर गरे। उनले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताए।
५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन्। कांग्रेस पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए। उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे।
७ । सरकारले पछिल्लो समय बजार अनुगमनलाई तीब्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीनदिनमा मात्रै ५१ वटा फर्ममा अनुगमन गरेको छ । बजारमा व्यवसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिष्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको उपभोक्ता संरक्षण विभागले पछिल्लो समय अनुगमनलाई तीब्र पार्दै कैफियत देखिएका दर्जनौँ फर्महरुलाई कारबाही गरेको छ ।
८ । वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्त श्रवण गरेका छन्। उनले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा परम्परागत रूपमा वसन्त श्रवण गरेका हुन्। वसन्त पञ्चमीका दिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन रहँदै आएको छ।
९ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको छ ।
१० । रास्वपाका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीको दर्शन गरेका छन्। आफ्नो कार्यव्यस्तताका बीच समय निकाल्दै उनी शुक्रबार बिहानै मन्दिर पुगेका हुन् । चुनावी अभियान सुरु गर्न अघि उनी पाथीभरा पुगेका हुन् ।
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: [email protected]
Website: https://www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: