"हैजा फैलिनुमा मन्त्री प्रदीप यादवको लापरबाही जिम्मेवार : बिरगञ्जकी किरण साह"
Автор: Gramin TV
Загружено: 2025-08-29
Просмотров: 249
Описание:
खानेपानी मन्त्री प्रदीप यादवकै लापरबाहीका कारण हैजा र झाडापखाला फैलिएको आरोप लगाउँदै बिरगंज निवासी किरण साहले फोनमै मन्त्रीसँग चर्काचर्की गरेकी छिन्।
हाल हैजा र झाडापखालाका कारण दर्जनौँ नागरिकको ज्यान गइसकेको छ भने सयौँ संक्रमित बिरामीहरू अस्पतालमा उपचार र आवश्यक व्यवस्थापन नपाएर छट्पटी भैरहेका छन्। यस्तो गम्भीर अवस्थामा समेत जनप्रतिनिधिहरूको सक्रिय भूमिका नदेखिएको भन्दै साहले तीव्र असन्तोष व्यक्त गरेकी हुन्।
उनले आफ्नै परिवारका ४ जना सदस्य अहिले आईसीयूमा जीवन–मरणको संघर्ष गरिरहेको बताउँदै, पीडित परिवारको पीडा र दु:खकष्टप्रति संवेदनशील नबनेको भन्दै मन्त्रीलाई फोन गर्दा पटक–पटक फोन नउठाएपछि आक्रोशित हुँदै चर्काे शब्दमा आपत्ति जनाएकी हुन्।
अडियो स्रोत : समाजिक संजाल
#BreakingNews #Birgunj #CholeraOutbreak #Nepal #Parsa #birgunjnews
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: