IVF मा Embryo Transfer (भ्रूण स्थानान्तरण) को आवश्यक मार्गदर्शन | Indira IVF Panipokhari, Kathmandu
Автор: Indira IVF Nepal
Загружено: 2024-12-25
Просмотров: 1049
Описание:
व्यक्तिगत सल्लाहको लागि आजै हाम्रा प्रजनन विशेषज्ञसँग परामर्श लिनुहोस्। कल गर्नुहोस्: +01-5971262
यस जानकारीमूलक भिडियोमा, Indira IVF Panipokhari (Kathmandu) को Dr. Manisha Acharya ले IVF प्रक्रियाको अन्तिम र सबैभन्दा महत्वपूर्ण चरण — embryo transfer (भ्रूण स्थानान्तरण) — को बारेमा विस्तृत रूपमा बताउनुहुन्छ। उहाँले, प्रक्रियाको क्रममा के अपेक्षा गर्ने, कसरी तयारी गर्ने, र स्थानान्तरण पछि हेरचाह सम्बन्धित महत्त्वपूर्ण सुझावहरू बारे चरणबद्ध मार्गदर्शन प्रदान गर्नुहुन्छ । यो भिडियो सामाग्री IVF उपचार गराइरहेकाहरू वा यस प्रक्रियाबारे अझ राम्ररी बुझ्न चाहनेहरूका लागि अपरीहार्य छ । Dr. Acharya को विशेषज्ञ सल्लाहले तपाईंलाई थप आत्मविश्वासका साथ यस महत्वपूर्ण चरणको लागि तयार हुन मद्दत पुर्याउनेछ। पूरा भिडियो हेर्नुहोस् र अमूल्य जानकारी पाउनुहोस्!
IVF मा Embryo Transfer (भ्रूण स्थानान्तरण) भनेको के हो? यो चरण महत्त्वपूर्ण छ किनकि यसले तपाईंको IVF उपचारको सफलता निर्धारण गर्दछ। Dr. Acharya ले तपाईंलाई राम्रोसँग तयार भएको सुनिश्चित गर्न र के अपेक्षा गर्ने भन्ने बारे सुचित रहन सम्पूर्ण प्रक्रियाको व्याख्या गर्नुहुन्छ।
प्रक्रिया अघिको तयारी:
Embryo Transfer (भ्रूण स्थानान्तरण) का लागि आउनु अघि, Dr. Acharya ले नुहाउन र कुनै गहना नलगाउन सल्लाह दिनुहुन्छ। यदि anaesthesia (बेहोस बनाउने औषधी) आवश्यक छैन भने, तपाईं खाली पेट रहन पर्दैन, आफ्नो नियमित भोजन खान सक्नुहुन्छ। चिकित्सकले तपाईको मामिला अनुसार, embryo (भ्रूण) को गुणस्तर र स्थानान्तरण गर्नुपर्ने embryo (भ्रूण) को संख्या बारे छलफल गर्नु हुनेछ। यो व्यक्तिगत रूपमा सामना गर्ने तरीका, प्रक्रियाको सफलताका लागि अत्यावश्यक हुन्छ।
Embryo Transfer (भ्रूण स्थानान्तरण) को समयमा:
Dr. Acharya ले embryo transfer (भ्रूण स्थानान्तरण) ultrasonography को सहायताले गरिन्छ भन्ने कुरा बताउनुहुन्छ । Catheter को प्रयोग गरी ultrasound को निर्देशनमा embryo (भ्रूण) लाई गर्भाशयमा सावधानीपूर्वक राखिन्छ। यो प्रक्रिया आफैमा छोटो हुन्छ, सामान्यतया केही मिनेट मात्र लाग्छ। प्रत्यारोपण पश्चात, तपाई आफ्नो नियमित गतिविधिहरू गर्न सक्नुहुन्छ, यद्यपि उठ्नु अघि करिब २० मिनेट आराम गर्न सिफारिस गरिन्छ।
स्थानान्तरण पश्चातको हेरचाह:
Dr. Acharya ले स्थानान्तरण पश्चात कुनै आहार विषेश प्रतिबन्ध छैन भन्ने कुरामा जोड दिनु हुन्छ। बाहिर खाना नखानु र घरमै पकाएको खाना खानु उत्तम हुन्छ। उमालेको पानी र सफा फलफूल र साग सब्जी खान सिफारिस गरिन्छ।
Follow-Up र Monitoring:
Embryo Transfer (भ्रूण स्थानान्तरण) को दुई हप्ता पछि, रगत परीक्षण गरेर beta HCG स्तरको मापन गरिनेछ जसले गर्भधारण सफल भएको छ कि छैन भन्ने निर्धारण गर्नेछ। थप ultrasounds ले भ्रूणको मुटुको धड्कन पुष्टि गर्नेछन्।
सूचित हुनुहोस् र तयार रहनुहोस् यस भिडियोमा
Dr. Manisha Acharya को विशेषज्ञ अन्तर्दृष्टिले तपाईलाई IVF प्रक्रियालाई आत्मविश्वासका साथ आत्मसाथ गर्न मद्दत गर्नेछ। थप अमूल्य जानकारीको लागि, Indira IVF लाई अनिवार्य रूपमा follow (पछ्याउनु) गर्नुहोस्। यदि तपाईंसँग कुनै प्रश्न छन् वा व्यक्तिगत सल्लाह चाहिन्छ भने, आजै call for a consultation (परामर्शका लागी सम्पर्क गर्नुहोस्) !
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: