Grace Inspired Giving || अनुग्रह प्रेरित दियाई || Ps Adrian Dewan || Wealth & Worship Part-5
Автор: Mount Moriah Ministries
Загружено: 2024-05-15
Просмотров: 14731
Описание:
वचन शृंखला - धन सम्पति अनि आराधना - भाग 5
वचन शिर्षक: अनुग्राह प्रेरित दियाई
Sermon Series: Wealth and Worship Part 5
Sermon title: Grace Inspired Giving
Text: 2 CORINTHIANS 8:1-15
वचन खण्ड: २ कोरिन्थी 8
1भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं। 2कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए। 3किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। 4तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे। 5हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए। 6यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं। 7तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त होओ।
8मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ। 9किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।
10अब यस विषयमा चाहिँ मेरो सल्लाह यही छ— एक वर्षअघि जुन दिने काम तिमीहरूले सुरु गरेका मात्र होइन, तर त्यो गर्ने उत्कट इच्छा पनि गरेका थियौ, त्यसलाई अब पूरा गर्नु तिमीहरूका निम्ति असल हुन्छ। 11इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो त्यसैमुताबिक आफ्नो औकातअनुसार दिएर यस कामलाई पूरा गर। 12किनभने दिने तत्परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्य हुन्छ, नभएअनुसारको होइन।
13तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर मैले यो भनेको होइनँ, 14तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस्, र तिनीहरूको प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्, 15जसो लेखिएको छ, “धेरै बटुल्नेसित बढ़ी केही रहेन, र कम बटुल्नेहरूलाई अभाव भएन।”
1. Start from tithe (to set a discipline
of giving)
2. Don’t get stuck in Tithing-
Mentality. Raise your standard of
giving.
3. Give more than tithe because you
love God and His church. This is
Grace- Giving. God didn’t give
tithe from heaven but His best and
only begotten Son. He gave
everything. Imitate Him.
Shot by Sandesh Sharma
Edited by Mahesh Das
All Rights Reserved © Mount Moriah Church 2024
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: