फागुन २१ भन्दा अगाडि नै यो कुन ठाउँमा चुनाव भयो ? 😱 वास्तविक रहस्य के हो ।
Автор: Nischal Gyawali
Загружено: 2026-02-10
Просмотров: 8
Описание:
सिटि क्याम्पस बुटवलमा नमुना निर्वाचन सम्पन्न
प्रतिनिधि सभा चुनावको झल्को दिने गरी लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल (सिटि क्याम्पस बुटवल) मा प्रथम एल.बि.यु नमुना निर्वाचन सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कुल अफ ल अन्तर्गत सातौं सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा आइतबार प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ आधारित रहि नमुना निर्वाचन सम्पन्न भएको हो ।
बुटवलको नयाँगाउँस्थित सिटि क्याम्पसको प्राङ्गणमा आइतबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले वास्तविक निर्वाचन प्रक्रिया अनुसार दल गठन, उम्मेदवारी घोषणा, घोषणापत्र सार्वजनिक, प्रचारप्रसार तथा मतदान प्रक्रिया अभ्यास गरेका थिए । सहभागीहरूले यस अभ्यासले विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार विकास गर्ने र जिम्मेवार मतदाता तथा सक्षम नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानविकी तथा कानून संकायका डिन डा. हरी शरण चखुँले निर्वाचन प्रक्रिया बुझ्नु केवल अभ्यास मात्र नभइ लोकतन्त्रलाई जीवित राख्ने आधार भएको बताउनुभयो । विद्यार्थीहरूले पाएको अनुभव दीर्घकालीन नेतृत्व र सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा स्कुल अफ ल का निर्देशक बद्री प्रसाद शर्मा गौतमले नमुना निर्वाचन अभ्यासले कानूनका विद्यार्थीहरूलाई केवल कानूनी ज्ञानमा सीमित नराखी लोकतन्त्रको वास्तविक अभ्यास बुझ्न अवसर सिर्जना गर्ने बताउनुभयो ।
छ वटा दलबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न उक्त प्रतिनिधि सभा नमुना निर्वाचनमा नव युवा नेतृत्व पार्टीका उम्मेदवार विविश पाण्डे अत्याधिक बहुमतका साथ विजयी भएका छन् । त्यस्तै, समतामूलक समाज दलकी मनिषा न्यौपाने उत्कृष्ट घोषणापत्र सहितको उम्मेदवारको रूपमा चयन भएकी छन् । कार्यक्रममा विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार समेत प्रदान गरिएको थियो ।
लुम्बिनी बौद्ध स्कुल अफ ल का निर्देशक बद्री प्रसाद शर्मा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानविकी तथा कानून संकायका डिन डा. हरी शरण चखुँको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारी,प्राध्यापक डा. नारायण संग्रौला, प्राध्यापकहरु मेघनाथ खनाल, लाल बहादुर बस्नेत, जे.बी. क्षेत्री, राजीव भारद्वाज, सुवर्ण सापकोटा, श्रद्धा सुमन गुरुआचार्य, विनय पाठक, सागर पन्थी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम बिए.एल.एल.बी सातौं सेमेस्टर अन्तर्गत पढाइने निर्वाचन कानून विषयलाई व्यवहारिक रूपमा बुझाउन आयोजना गरिएको थियो। कार्यक्रमले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनप्रति सचेतना र व्यवहारिक ज्ञान आवश्यक रहेको सन्देश दिएको छ ।
प्रमिशा घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अंशु भण्डारी र गिरीराज रेग्मीले गर्नुभएको थियो । यस्तै कार्यक्रममा नमिता गैरेको स्वागत मन्तव्य, विषय शिक्षक सुवर्ण सापकोटा र विद्यार्थीहरु ईसराफिल आलम, विष्णु गौतम लगायतको निर्णायक मण्डल रहेको थियो । कार्यक्रममा नमुना जिल्ला निर्वाचन अधिकृत असमी खड्काले विजेता उम्मेदवारको नतिजालाई घोषणा गर्नु भएको थियो ।
कार्यक्रमले निर्वाचन प्रहरीको उपस्थितिसहित निर्वाचनको सम्पूर्ण झल्को दिने शैली अपनाएको थियो । यसरी आयोजित नमुना निर्वाचनले विद्यार्थीहरूलाई वास्तविक निर्वाचनको अनुभव प्रदान गर्दै आगामी राष्ट्रिय निर्वाचनमा जिम्मेवार र सचेत मतदाता बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
#foryou #election #youtube
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: