5 Scooters under 2 Lakh | २ लाख भन्दा कम मूल्य पर्ने ५ स्कुटरहरु | HERO Scooter | TVS Scooter|S01E5
Автор: Nepal Auto Trader
Загружено: 2022-04-15
Просмотров: 10222
Описание:
Dicliamer: Video content used in making of this Nepal Autotrader News are official video compilation from third parties and individual Brands. Nepal Auto Trader doesn't own any copyright for any of the official video used.
१. Hero Pleasure
• यो LIST को पहिलो नं मा पर्न सफल सबैभन्दा सस्तो स्कुटर रहेको छ हिरो प्लेजर ।
• १०२ सिसी क्षमता रहेको यस स्कुटरको पावर 7000 rpm मा 6.9 bhp र ५५०० rpm मा 8.0 nm torque generate गर्ने छ ।
• यो स्कुटरमा 4.8 लिटरको इन्धन ट्यांकी रहँदै आएको छ ।
• यसले 69 किलोमिटर माइलेज दिने कम्पनिले जनाएको छ ।
• हिरो प्लेजरको वर्तमान मोडल aloy wheel र steel wheel गरी दुई मोडलमा उपलब्ध रहँदै आएको छ
• यसको दुवै भेरिएन्टमा डिस्क ब्रेक दिइएको छ ।
• यसमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम (IBS) पनि उपलब्ध छ ।
• यसै गरी यसमा LED Headlamp तथा LED DRAL, front glovebox, आधुनिक फ्रन्ट डिजाइन, मास्क गरिएको विंकर र नयाँ स्पोर्टी dual tone stripe जस्ता बिशेषता उपलब्ध रहँदै आएको छ ।
• 102 सिसी क्षमता रहेको यस स्कुटरको नेपाली बजार मूल्य १ लाख ७८ हजार ५ सय रुपैयाँ छ ।
२. TVS Zest
• यो LIST को दोश्रो स्थानमा रहेको छ TVS Zest ।
• 109.7 सीसी सिंगल सिलिन्डर इन्जिन रहेको यस स्कुटरमा 5 लिटरको इन्धन ट्यांकी दिइएको छ ।
• यस स्कुटरले 62 किलोमिटर माइलेज दिने कम्पनिले जनाएको छ ।
• यो इन्जिनेल 7500 RPM मा 7.81 BHP पावर र 5500 RPM मा 8.8 एनएम टर्क जेनेरेट गर्छ ।
• यस स्कुटरको अघिल्लो चक्का र पछिल्लो चक्का गरी दुबैइमा ड्रम ब्रेक रहेको छ भने यसको फ्रन्टमा Telescopic Suspension र rear मा Swingarm Suspension दिइएको छ ।
• लामो दुरीको यात्राका लागि तयार गरिको यो स्कुटीको अगाडि र पछाडि रहेका एन्टि स्किड feature ले टायरमा थप ग्रिप दिनुका साथै पंचर हुने समस्या बाट पनि मुक्ति दिने कम्पनीले जनाएको छ ।
• TVS Zest मा LED light, नयाँ LED Day Time running light, LED Tail light, र digital instrument clusture जस्ता बिशेषता पाउन सकिन्छ ।
• यसको अगाडि र पछाडि ट्युवलेस टायर दिइएको छ भने TVS Zest ५ आकर्षक रंगहरुमा उपलब्ध रहंदै आएको छ ।
• TVS Zest को नेपाली बजार मूल्य १ लाख ७८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
३. Hero Duet
• यो LIST को तेस्रो स्थानमा रहेको छ हिरोकै अर्को मोडल डुएट ।
• 110 सिसी क्षमता रहेको सो स्कुटरमा अधिकतम पवार र टर्क प्लेजर प्लस सरह नै रहेको छ ।
• Hero Duet स्कुटरमा 110.9 सीसी सिंगल सिलिन्डर इन्जिनमा रहेको छ ।
• यस स्कुटरमा 5.5 लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले 65 किलोमिटर माइलेज दिने कम्पनिले जनाएको छ ।
• यो इन्जिनेल 7000 rpm मा 8 BHP पावर र 8.7 5500 rpm मा एनएम टर्क जेनेरेट गर्छ ।
• DUET मा बाहिर बाटै तेल हाल्ने सुविधा दिइएको छ भने सिटभित्र मोबाइल चार्जिङ पोर्ट, सिट तथा तेल हाल्ने ठाउँ खोल्न रिमोट र बुट लाइट उपलब्ध छ
• यसको प्रमुख बिशेषता मध्य सर्भिसिङ समय सम्झाउने इन्डिकेटर र Telescopic front suspension प्रविधि जडान गरिएको छ ।
• यसैगरी यस स्कुटरमा twin parking lamp, boot light glovebox, integrated braking system, LED headlamp तथा LED DRAL जस्ता बिशेषता पाउन सकिन्छ ।
• डुएट स्कुटर ६ कलरमा उपलब्ध छ ।
• यो स्कुटर स्टाइल, प्रर्दशन र सुरक्षाको उत्कृष्ट समिश्रण रहेको कम्पनीले दाबी गरेको छ ।
• हिरो डुएटको नेपाली बजार मूल्य १ लाख ९३ हजार ५ सय रुपैयाँ छ ।
४. Hero Pleasure Plus
• यस्तै हाम्रो यो LIST को चौथो स्थानमा रहेको स्कुटर छ Pleasure plus ।
• 110 सिसी क्षमताको यस स्कुटर सिंगल सिलिन्डर इन्जिनमा उपलब्ध रहँदै आएको छ ।
• यस स्कुटरमा 5 लिटरको इन्धन ट्यांकी दिइएको छ ।
• यस स्कुटरले 69 किलोमिटर माइलेज दिने कम्पनिले जनाएको छ ।
• Hero Pleasure Plus ले 7000 rpm मा 8 BHP पावर र 5500 rpm मा 8.7 nm torque जेनेरेट गर्छ ।
• कम्पनीले प्लेजर प्लसमा Chrome Finishing दिएको छ ।
• यसमा chrome handlebar end, chrome फिनिश mirror, Pillion backrest, chrome side garnish, chrome silencer protector, chrome headlamp bar, chrome 3D logo front fendor र chrome fendor stripe दिएको छ ।
• यसमा classic dual tone seat, premium brown finish, mobile charger, front luggage pocket, IBAS brake, Tubeless tyre, ठुलो boot space, boot lamp stand, sand sensor जस्ता फिचर पाउन सकिन्छ ।
• यस स्कुटरको नेपाली बजार मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ छ ।
५. TVS DAZZ
• हाम्रो यो LIST को अन्तिम तथा पाचौ स्थानमा रहेको छ TVS DAZZ ।
• 109.65 सीसी सिंगल सिलिन्डर इन्जिन रहेको TVS Dazz स्कुटरमा 5.1 लिटरको इन्धन ट्यांकी दिइएको छ
• यसले 50 किलोमिटर माइलेज दिने कम्पनिले जनाएको छ ।
• यो इन्जिनेल 7500 RPM मा 8.7 BHP पावर र 5500 RPM मा 8.7 NM Torque जेनेरेट गर्छ ।
• यस स्कुटरको अघिल्लो चक्कामा ड्रम ब्रेक र डिक्स ब्रेकको अप्सन छ र पछिल्लो चक्कामा ड्रम ब्रेक रहेको छ ।
• TVS Dazz मा LED Light, new LED day time running light, LED taillight, र full digital instrument cluster जस्ता बिशेषता पाउन सकिन्छ ।
• Dazz ११० मा 1240 MM ko wheel base र 115 MM को ground clearance पाउन सकिन्छ भने सो स्कुटरको तौल जम्मा 93 केजी रहेको छ ।
• कम्पनीले 2022 Version TVS Dazz Scooter अब छिट्टै नेपाली बजारमा सार्वजनिक गरिने जनाएको छ
• यसमा स्मार्ट connect feature दिइने छ जसले voice assist को काम गर्दछ ।
• यस नयाँ Scooter मा bluetooth connectivity मार्फत smart connect feature मा voice assist navigation, SMS, call alert जस्ता बिशेषता प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
• TVS DAZZ को नेपाली बजार मूल्य १ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: