Ashish Aviral - Bajako Tinaitaal (Yaanimaya) | Anju Panta | Ek Narayan | Ft. Prabhat, Juna, Lomash
Автор: Ashish Aviral
Загружено: 2025-06-12
Просмотров: 1625635
Описание:
Raaga Records & Research Center Presents:- #mayako_Tinataal_Yaanimaya
Starring #prabhatpalthakuri #junabishwokarma #lomashsharma #JunaSd #sundersds #anjupanta #ashishaviral Composed by Ashish Avrial , Lyrics by Ek Narayan Bhandari and Directed by Mausam Himali. Enjoy and stay connected.
🎶 Audio Credits:-
♬ Song:- Mayako Tinaitaal (Yaanimaya)
♬ Vocal:- Ashish Aviral, Anju Panta
♬ Lyrics:- Ek Narayan Bhandari
♬ Music | Mixing | Mastering:- Ashish Aviral
♬ Mix Asst, Guitar :- Kushal Gautam
♬ Audio Production Head:- Sushila Pathak
♬Rhythm Section :- Bhuwan Gandharva
♬Flute :- Gopal Dev
♬Mandolin :-Bikash Sunar
♬Sahanai :- Shishir Pariyar
♬Mauri Baja:- Ishwor Singh
♬ Audio/Video:-Raaga Records & Research Center
---------------------------------------
🎬Edit/Color/Gfx:- Manoj Karki
🎬Dop:- Nabraj Uprety
जंगबहादुर कुवँर (पछि:- राणा) प्रधानमंत्री भीमसेन थापाको भाई नयनसिंह थापा (कोट काँगड़ाको युद्धमा मारिने) की छोरीको छोरो थियो । भीमसेन थापाको पतन र हत्या हुनासाथ मुख्त्यार बनेको रणजंग पाण्डेले भीमसेन थापाका नालनाता समेतलाई नोकरी बाट बर्खास्त र सर्वस्व हरण गर्दा बालनरसिंह कुँवरको परिवार एकदमै गरीब भै हाल्यो । खर्चिलो बानी परेको जंगबहादुर जुवातासमा लाग्दा ऋण बढ्यो । एकदिन जुवाखालमै मारपीट हुँदा घाईते जंगबहादुर ज्यान बचाउन भाग्दै जाँदा एउटा सार्कीको घर छाप्रोमा ख्वास्तै पस्यो । घरमा सर्कीनी मात्र थिई । जंगेले आफुलाई मार्न शत्रुले घेलेकोले बचाउन अनुरोध गरेपछि सर्कीनी युवती आँगनमा निस्केर बसिन । नभन्दै जंगेको खुट्टाको घाउ बाट चुहेको रगत पछ्याउँदै शत्रुहरू घरको ढोकैमा आएर सर्कीनी संग जंगेवारे सोधे । तेसबेला सर्कीनीले आफु नछुने भएको र रगत तेसैको भएको, तर आफ्नो घरमा क्वै नआएको बताएपछि शत्रुहरू फर्केर गए र जंगे बाँच्यो । परिस्थिति सामान्य नभएसम्म महिनौं तेहाँ लुकेर बस्दा आफ्नो आचरण अनुसारको राम्रो पहिचान बनाएको जंगबहादुरलाई रणजंगको पतनपछि बल्लै दरबार आवतजावत खुल्यो । गर्दैजाँदा कालांतरमा श्री ३ महाराज बनेको जंगबहादुर राणा हात्तीमा राजकीय सवारीमा शहर परिक्रमा गरेको बेला उमेर ढल्की सकेकी सर्कीनी पनि बजार गएको मौका परेकोले सबै जनताको लाईनमा बसेर महाराजको सवारी हेर्न थाली । उसले आफुसंग महिनौं सम्म संपर्क गरेको जंगेलाई चिनी हाली र जंगे, जंगे भन्दै चिच्याउँदै बीच सड़कमा खड़ा भै । सुरक्षा गार्डले तेसलाई लछार्दै तेहाँबाट हटायो । तर... त्यो आईमाई माथि महाराज जंगबहादुर राणाको पनि नजर परिसकेको रैछ । अतः हुकुम बमोजिम आठपहरियाले ती आईमाईलाई पक्रेर दरबार पुऱ्याईयो । अर्को दिन जंगबहादुरको दरबारमा सर्कीनीलाई हाजिर गराईयो । तत्कालै जंगबहादुर राणाले सर्कीनीको जातलाई पानी चलाई दिने विचार राख्यो । तर.... तेहाँ उपस्थित राजगुरु विजयराज पाण्डे लगायतका धर्माधिकारीहरूले पानी चाँई नचलाउने बरू तेसबेला सम्मको अछुतीमा सबैभन्दा ठुलो जात मानिएको कामी बराबरको जातमा उकासी दिने सल्लाह दिएपछि तेतीखेरै देखी सार्की जात कामी बराबर भयो ।
स्मरणीय:- त्यो घटना भन्दा अघिसम्म पहाड़का सार्की र मधेशका चमारको सामाजिक स्तर र स्थिति एकै थियो ।
नेपालको तत्कालीन श्री ३ चन्द्रशमशेरको समयमा बृटिस गोरखा पल्टनमा क्याप्टेन दर्जा पाएका अचेलको पर्वत जिल्लाका हमाल (?) थरका ठकुरी पशुपतिनाथको दर्शन गर्न भनि काठमाण्डौ गएको बेला महाराज संग पनि भेट्ने ईच्छा गरी पूर्व समय लिएर दर्शन गरे । तेस बेला उनले बृटिस राजपरिवारलाई भेट्ने जस्तै ठानी पल्टन बाट पाएको वीरताको पदक छातीमा भिरेर गएका थिए । एकछिन कुराकानी हुनासाथ बृटिस गोरखा पल्टनमा गोरखालीलाई `सुबदार' भन्दा माथिको दर्जा नदिनु भन्ने आफ्नो उर्दी हुंदाहुंदै त्यो ठकुरीले `कैप्टेन' दर्जा पाएको देखेर चन्द्रशमशेर रिसाए । अरू क्यै निहुँ नपाएर `कस्का हुकुमले समुद्र पारी गयौ ?' भनी सोधे । ठकुरीले `बृटिश सरकारको हुकुम' ले भनि उत्तर दिनासाथ `हाम्रो हुकुम बेगर समुद्र पार गएकोले तेरो जात खस्यो, तं सपरिवार सार्की भईस् ' भनी हुकुम भयो । यसरी अचानक आफ्नो जात खसेको देखेपछि ठकुरी क्याप्टेन खङ्ग्रङ्ङै परे । उनि तत्कालै चन्द्रशमशेरको खुट्टामा परी लाख बिन्ती गरे । क्यै शीप लागेन र उनी आफ्नो घर पर्वत फर्केपछि सपरिवारले नेपाल छोडेर भारतमा गएर आफ्नो जात जोगाएर बसे !
नेपालको राजा राजेन्द्र विक्रम शाहको पाला देखि तराईका जङ्गलमा राजा हात्तीमा चढ़ेर सैनिक दलबल सहित बाघको शिकार खेल्न जाने चलन चल्यो । त्यै क्रममा श्री ३ बनेपछि जङ्गबहादुर राणा पनि हरेक बर्षको हिउँदमा तराई भावर प्रदेशका ठाउँ ठाउँमा परिवर्तन गरीगरी शिकार खेल्न जान्थे । जङ्गल दूरूह र अगम हुनाले साथमा आईमाईलाई लैजाने चलन थिएन । तेस दौरान उनिहरूलाई भोगविलास गर्न तेहिंका स्थानीय तरूनीहरू छानीछानी भोग गर्थे । त्यै सिलसिलामा झापामा जांदा तेस भेगमा पाईने मेचे, कोचे जातका आदिबासी तरूनीहरू पनि सिपाहीहरूले खोजेर ल्याई राजाको सेवामा राख्ने चलन थियो । यै सिलसिलामा एक पटक मेचे र कोचे जातकी छोरीहरू ल्याईंदा जङ्गबहादुर राणालाई खुशी पारे । तब राणाले, तेती बेला सम्म समाजमा `अछुति जात' मानिदै आएका, मेचे र कोचे जातलाई जङ्गबहादुर राणाका हुकुमले पानी चल्ने जातमा उकासि दिए ! ऐले मेचे जात त छंदैछ । कोचेहरूले आफ्नो जात बदलेर राजवंशी लेख्न थालेको बुझिन्छ !
© Raaga Records, 2025
----------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: