अघि बढ्न जोखिम उठाउनुहोस - Nepali Motivational Speech by Yatri Keshar
Автор: Safal Sansar
Загружено: 2020-12-25
Просмотров: 1047
Описание:
Motivational Speech by Yatri Keshar Ep 1
Presented by Safal Sansar Media
Website: www.safalsansar.com
Full Playlist: • अघि बढ्न जोखिम उठाउनुहोस - Nepali Motivati...
के तपाईलाई थाहा छ?
कार्टुननै नहेर्ने त्यो जमानामा वाल्ट डिज्नेले सर्वप्रथम कार्टुन चलचित्र निर्माण गर्ने जोखिम मोलेका थिए ।
ग्रेटा गारवोले मनग्य पैसा दिने टोपी कम्पनीको काम छाडी फिल्म क्षेत्रमा संघर्ष गर्ने जोखिम मोलेकी थिइन् ।
ब्रुसली ले एक सय बाह्र डलर बोकेर अमेरिका छिर्ने जोखिम मोलेका थिए ।
जोफ वेजोसले मासिक हजारौ डलरको जागिर छोडेर अमेजन डट कमको सुरूवात गर्ने जोखिम मोलेका थिए ।
वियर ग्रेल्सले ढाडको हड्डी भाचिए पनि सगरमाथा चढ्ने जोखिम मोलेका थिए ।
ब्लेडले दारी काट्ने परिपाटी नभएको समयमा किंग सी जिलेटले भारी ऋण काढेर ब्लेड कम्पनी खोल्ने जोखिम मोलेका थिए ।
सोइशिरो होण्डाले आफ्नै श्रिमतीको गहना बेची मोटरसाइकल कम्पनी खोज्ने जोखिम मोलेका थिए ।
राइट दाजुभाइले सर्वप्रथम सवैथोक खर्चेर असंभव भनिने करङे जहाज उडाउने जोखिम मोलेका थिए ।
मर्ने बाँच्नेको कुनै ठेगान नहुदा नहुदै क्रिष्टफोर कोलम्बसले अमेरिका खोज्ने जोखिम मोलेका थिए ।
छारे रोगले ग्रस्त हुदा हुदै पनि अनी खुट्टा भाचिए पनि प्याटी विल्सनले ४०० माइल दौडने जोखिम मोलेको थिइन् ।
तमाम चुनौतिका बाबजुद फ्रेड स्मिथले चौविस घण्टामा सामान डेलिभरी गर्ने फ्रेडरल एक्सप्रेस कम्पनी खोल्ने जोखिम मोलेका थिए ।
जती पनि सफल भए ती सबैले कुनै न कुनै जोखिम मोलेका थिए । उनीहरू डरले थुनिएर बसेका थिएनन, जीवन सित जुवा खेल्ने हिम्मत गरेका थिए । उनीहरू पटक पटक असफल पनि भए तर अन्तमा सानदार जित हासिल गरेर विश्व हल्लाउन सफल भए । बुझिराखौ, जसले जोखिम उठाउदैन त्यही नै सबैभन्दा ठूलो जोखिममा पर्छ ।
Nepali Motivational Video
Nepali Motivational Speech
Nepali Motivational Story
Safal Sansar Motivational Video
Motivational Speech by Yatri Keshar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: